२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एसईईको नतिजा अन्तिम चरणमा, ग्रेडिङ पद्धतिबारे अन्योल

१४ असार २०८०, बिहीबार ११:१८

असार १४, काठमाडौँ | शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।


‘असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो वार्षिक कार्य तालिका छ । सोही आधारमा तयारी भइरहेको छ’ उनले भने । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको उनको भनाई छ ।

‘परीक्षणको काम सकिएपछि पनि धेरै प्राविधिक काम हुन्छन् । त्यो काम चलिरहेको छ । नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्ने लगायतका काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने । नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने अध्यक्ष शर्माले बताए ।

‘अहिले अन्य काम भइरहेको छ । सबै काम सकिएपछि कुन पद्धति मार्फत नतिजा सार्वजनिक गर्ने भनेर निर्णय गर्छौ । अहिलेसम्म केही पनि निर्णय भइसकेको छैन,’ अध्यक्ष शर्माले भने ।  बोर्डले एसईईमा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्थासहितको लेटर ग्रेडिङको व्यवस्था गरेको छ । तर, उक्त नियम अघिल्लो वर्ष समेत अन्तिम समयमा आएर रोकिएको थियो । यो वर्ष कुन आधारमा नतिजा प्रकाशन हुन्छ भन्ने हालसम्म यकिन भइसकेको छैन ।

पुरानै विधिअनुसार ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । २०७९ मा ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ