२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने

१५ असार २०८०, शुक्रबार ११:४५

असार १५, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।  त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।


 ‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने ।  उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए । 

हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो ।  उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ ।  नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह