असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ । "/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रिजनल अस्पतालद्धारा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा

२०७३, १३ आश्विन बिहीबार १४:३०

असोज १३, पोखरा | पोखराको जीरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषण गरेको छ ।

यहि असोज ३ र ४ गते अस्पतालमा अप्रेशन पश्चात जन्मिएका दुई जना बच्चालाई अस्पतालबाट प्रवाह हुने सबै सेवा जिवनभर निशुल्क दिने घोषण गरिएको हो । अस्पतालले हालै एक कार्यक्रमको आयोजना गरी स्याङ्ग्जा छिनेबास ९ का केशब मरासिनी  र सुस्मिता पौडेल तथा लमजुङ्ग नौथान १ का सन्तोष लौडारी र सबिना पौडेलले जन्म दिएका २ जना बच्चाहरुलाई अस्पतालले प्रवाह गर्ने सबै सेवा निशुल्क गर्ने घोषण गर्दै प्रतिबद्धतापत्र प्रदान गरेको छ ।

साथै त्यी दुबै बच्चाले भबिष्यमा अस्पतालसँग आबद्ध रहेको रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भएका जुन सुकै कोर्षहरु अध्ययन गर्न चाहेमा निशुल्क पढाई  दिने पनि घोषण गरिएको अस्पतालका अध्यक्ष जगत बहादुर खड्काद्वारा जारी गरिएको प्रतिबद्धतापत्रमा उल्येख गरिएको छ । त्यी दुई बच्चालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्वय डाक्टर तारा गुरुङ र डाक्टर लक्ष्मी सुनारले अप्रेशन प्रश्चात बाहिर निकालेका थिए ।

अस्पतालका अध्यक्ष जगत बहादुर खड्काको अध्यक्षतामा प्रतिबद्धतापत्र हस्तान्तरण कार्यकम सम्पन्न भएको थियो ।अत्याधुनिक सेवा सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको   छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी