५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

१०.७ प्रतिशतले खुम्चियो मानिसको मस्तिष्क: अध्ययन

१९ असार २०८०, मंगलवार ०६:३७

एजेन्सी | मानिसको मस्तिष्क लगातार साँघुरिंदै अर्थात् खुम्चिँदै गएको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको कारक तत्वचाहिं जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै बदलिएको मानिसको शरीरसम्बन्धी रेकर्ड वैज्ञानिकहरुसँग छ ।

क्यालिफोर्नियास्थित नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरे । उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ ।

शोधकर्ताका अनुसार जसरी अहिले विश्वभर जलवायुमा परिवर्तन आइरहेको छ र तापमानमा वृद्धि भैरहेको छ यस्तोमा मानिसको मस्तिष्कमा पर्ने जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सहज छैन । यद्यपि अध्ययनबाट के पुष्टि भएको छ भने जलवायु परिवर्तनसँगै मानिसको मस्तिष्क खुम्चिँदै गएको छ र सानो भैरहेको छ । यसले मानिसको व्यवहारमा पनि असर परिरहेको छ ।

अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ

अध्ययनका क्रममा मोर्गनले नमूनाको रुपमा २ सय ९८ वटा मानव मस्तिष्कको आकारको नापजाँच अध्ययन गरेका थिए । जुन मानिसका मस्तिष्कका पुरानो जिवाश्महरु थिए । ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो । मस्तिष्कका नमूनाहरुमा ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका छन् ।

शोधकर्ताले यस अवधिको विश्वव्यापी तापमान, आद्रता तथा वर्षाको आँकडाको पनि अध्ययन गरेका थिए । त्यसक्रममा के देखियो भने जब जलवायुमा परिवर्तन आएर गर्मी बढ्दछ तब मानिसको दिमागको औसत आकार घट्न थाल्दछ । जबकि चिसो मौसममाचाहिं मस्तिष्कको आकार बढ्दछ ।

जेफका अनुसार कतिपय प्रजातिका जीवहरुको मस्तिष्कको आकार भने पछिल्ला केही लाख वर्षयता बढिरहेको छ । मानिसको हकमा भने त्यसको उल्टो भएको छ ।

अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए । यसबाट उनले चारवटा अलग अलग समयको अलगत अलग मौसमको हिसाब गर्दै त्यसको हिसाबले मस्तिष्कको आकारको विश्लेषण गरे ।

मौसमजन्य तथ्यांकहरु युरोपियन प्रोजेक्ट फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाट लिइएको थियो । यो परियोजनाले ८ लाख वर्ष पहिलेसम्मको पृथ्वीको सतहको तापक्रमको रेकर्ड राख्दछ ।

पछिल्लो ५० हजार वर्ष ग्लेसियल मेक्सिमम भनिने अवधि थियो । जसका कारण पृथ्वीको औसत तापमान चिसो रह्यो । त्यसपछि आएको होलोसिन अर्थात् आधुनिक मानिसको संसारमा तापमान बढ्न सुरु गर्‍यो ।

होलोसिनको सुरुआत अर्थात् करिब १२ जार वर्षअघिदेखि अहिलेसम्म मानिसको मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

शोधकर्ता जेफका अनुसार अन्तिम ग्लेसियल मेक्सिमम १७ हजार वर्ष अघिदेखिबाट सुरु भएको थियो । त्यसपछि चाहिं तापक्रम लगातार बढिरहेको छ र मौसम पनि परिवर्तन भैरहेको छ । यसका कारण मानिसको मस्तिष्क पनि सानो हुँदै गएको छ ।

मानिसको मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो पाँच देखि १७ हजार वर्षको बीचमा सबैभन्दा तीव्र बनेको शोधकर्ताको भनाइ छ । यसको प्रमुख कारण चाहिं विश्वमा बढिरहेको तापमान हो । विश्व उष्णीकरणको दर निरन्तर बढिरहेको छ ।

लामो समयमा यसको असर मानिसको दिमागमा पर्नेछ र मस्तिष्कको आकार अझै सानो हुनेछ । मस्तिष्कको आकार घट्नुको असर मानिसको शरीरमा तथा व्यवहारमा पनि पर्ने पक्का छ । तर त्यसबाट कस्तो असर पर्दछ भन्ने कुरा चाहिं थप अध्ययनको विषय नै रहेको छ ।

सेफ भन्छन्- मेरो अध्ययनले के पुष्टि गरेको छ भने तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।

दिमाग मस्तिष्क

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक