एसईई नतिजा आज ४ बजे प्रकाशन हुने, नतिजा यसरी हेर्नुहोस !

साझासवाल
1 Min Read

असार २१, भक्तपुर | राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे  सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने जनाएको छ भने अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने जनाएको छ । नतिजाबारे बोर्डले ४ बजे पत्रकार सम्मेनमार्फत विस्तृत जानकारी दिने जनाएको छ ।

परीक्षाको नतिजा हेर्नका एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरिएको छ ।

नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply