२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एसइईको नतिजामा गत वर्षभन्दा सुधार, कुन जीपीए ल्याउने कति?

२१ असार २०८०, बिहीबार ११:५५

असार २१, काठमाडौँ | एसइईको नतिजामा गत वर्षभन्दा  सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। 

गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए | आज पत्रकार सम्मेलनमा उनले एसइईको नतिजा प्रकासित गर्दै जानकरी दिएका हुन् |

गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ। यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ। गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनको संख्या ४१ हजार ६२७ रहेको थियो। २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ।

गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ।

यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ। यो संख्या भने १ हजार ४२७ ले घटेको हो। अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए।

यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन्। यस वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या १ लाख १२ हजार ७३३ थियो। २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन्।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका १ लाख २ हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह