2026-07-28 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता शनिबारबाट

असोज १४, पोखरा | पोखराको संगम क्लवको आयोजनामा भोलि (शनिबार) देखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ ।

माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग  ले बताए । उनका अनुसार प्रतियोगितामा ४७ टिमको सहभागिता हुने छ । उद्घाटन दिउँसो २ बजे पछि आर्टी टेनिङ सेन्टर बिरुद्ध डेविड फल्स क्लव बिच हुने भएको छ ।

“लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्घाटन शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले गर्ने कार्यक्रम तय भएको क्लवले जनाएको छ ।

संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ ।

शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि ५ लाख ४३ हजार १७ रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ ।

त्यसै गरी सह प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । फुटवल खेलको विकास गराउने उद्धेश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको प्रतियोगिताका संयोजक सुर्य बहादुर गुरुङ्ग (राजु) ले बताए ।

२०६६ मा २० हजार प्रथम पुरस्कार राखेको क्लवले हरेक बर्ष पुरस्कार राषिमा बृद्धि गर्दै अघि बढेको छ । गत बर्ष विजेतालाइ ८० हजार थियो भने यस बर्षका विजेतालाई एक लाख २१ हजार १ सय ११ रुपैया रहेको छ । प्रतियोगिता असोज २२ गते सम्म संचालन हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ