२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन बस नपुग्दा सुर्खेतबाट आउने यात्रु समस्यामा

१५ आश्विन २०७३, शनिबार ०६:४५

कमल रावल/असोज १५ अछाम । सुर्खेत देखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैन सम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । 

पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैन सम्म बस नपुग्दा समस्यामा परेका हुन् । 

काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आउनुभएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैन सम्म नै जाने गरी सुर्खेत बस काउण्टरबाट टिक काटेपनि अछामको बिनायक पुगेपछि बस मंगलसैन नजाने भन्दै उहाँको पैसा फिर्ता गरेको र आफु वीच बाटोमै अलपत्र परेको दुखेसो गर्नुभयो । आफु मंगलसैनमै पुग्ने आशामा आएको तर वीच बाटोमै आफ्नो सानो छोरा र सामान सहित अलपत्र पर्दा समस्या भएको उहाँको भनाई छ । 

यस्तै सुर्खेतबाट मंगलसैन जान भन्दै आएका बाजुराका योगेश न्यौपानेले आफु बस मंगलसैन जाने भन्ने आशै आशले आएको तर विनायकमै रोकिदिँदा अलपत्र जस्तै परेको बताउनु भयो । बेलखेत देखि मंगलसैन सम्मको सडकमा मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत काम भैरहेको र बाटो राम्रो नभएको भन्दै बस जान नसकेकोले बिनायक सम्म मात्रै यात्रु ल्याएको एक बसका संचालक प्रेम बयकले बताउनु भयो । 

“६ दिन मंगलसैन बसेर आएको फोरी मंगलसैन जाँदा बाटोका कारण फसिन्छ कि भनेर बिनायमसम्म मात्रै ल्याएका हौं,” बयकको भनाई छ । बाटो मर्मत गर्नुपर्ने वा दशैको लागि मात्रै भएपनि बस सेवा संचालन गर्नुपर्ने यात्रुहरुको भनाई छ । बेलखेत –मंगलसैन सडक खण्ड कालोपत्रे गर्ने कार्य अनुसार निर्माण कार्य भैरहेको भन्दै पानी पर्दा बाटो बिग्रने गरेको आयोजनाले जनाएको छ । 

दशैको मुखमा समेत मंगलसैन सम्म बस सेवा सूचारु नहुँदा बिद्यार्थी, कर्मचारी, बालिबालिका लगायतले बढी समस्या भोगिरहेका छन् । बिनायकमा झारेपछि त्यसपछि मंगलसैन सम्म पुग्न जीप चढ्नुपर्ने बाध्यता रहेको र जीपले चर्को भाडा असुल्ने गरेको मंगलसैन नगरपालिका वडा नम्बर ७ का यात्रु भक्तराज ढुंगानाले बताउनु भयो । 

अरु बेला २ सय ५० देखि ३ सयमा मंगलसैन जाने गरेपछि यो समस्याले आफुले ५ सय अग्रीम तिरेको उहाँको गुनासो छ । करिब ४० किलोमिटर सडकको भाडा पाँच सय सम्म लिने गरेको यात्रुको गुनासो छ । करिब ३७ किलोमिटर सडकको भाडा पाँच सय सम्म लिने गरेको यात्रुको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा