असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको विन्दबासीनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

१५ आश्विन २०७३, शनिबार १०:२८

असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्म चल्ने महोत्सबको महोत्सब सुरुवातको अबसरमा घटस्थापनाको दिन शोभायात्रा निकालीएको छ ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर महोत्सबमा परिणत भएको हो ।

शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी , एक सय आठ कलश, बिध्याबासिनी मन्दिरको झाकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, सास्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गदै आएको छ । महोत्सब अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । ३ सय बर्षको ईतिहास बोकेको बिन्ध्यावासिनी मन्दिरमा कास्की संगै यस आसपासका जिल्लाहरु तनहुँ लमजुङ, स्याङजा ,पर्बत लगायत काठमाडौ तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

नबरात्रीभर बिहान साढे ४ बजेदेखि साझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो