असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ ।

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फिर्के–बुलौंदी सफाइ अभियानको १८ औं श्रृंखला सम्पन्न

१५ आश्विन २०७३, शनिबार १०:३१


असोज १५, पोखरा । पोखरामा बृहत रुपमा चलेको फिर्के–बुलौंदी सफाइ अभियान १८ औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ ।

नागरिक समाज पोखराको विशेष पहलमा विश्व वातावरण दिवस अवसरमा जेठ २२ गते फिर्केको मुहान अँधेरीकुनादेखि सुरु अभियानमा हजारौंको सहभागिता रह्यो । दर्जनौं संघसंस्थाले अभियानलाई साथ दिँदै ऐक्यवद्धता जनाए ।

उक्त श्रृंखला समापन अवसरका प्रमुख अतिथि बागमती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्वमुख्य सचिव लीलामणि पौडेलले सफाइ अभियानको प्रशंसा गर्दै नेपालका विभिन्न ठाउँमा जारी सफाइ अभियानमध्ये पोखराको अभियान उत्कृष्ट रहेको बताए ।

सुरुवात र समापन दुबै श्रृंखलामा सहभागी उनले यो श्रृंखला समापन भए पनि बृहत पोखरा सफाइ अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उनले सहभागी सम्पूर्णलाई सफाइ सचेतनाबारे सपथ खुवाएका थिए ।

यस्तै, अभियानमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै अभियान संयोजक रामबहादुर पौडेलले फेवातालसँग जोडिएको फिर्के–बुलौंदी सफाइ अभियान पहिलो चरणमा सकिए पनि यस्ता श्रृंखला पोखराका विभिन्न ठाउँमा सुरुवात गर्ने जानकारी दिए ।

संयोजक पौडेलले पोखरा उपत्यकाव्यापी दोस्रो बृहत सरसफाइ अभियान आरम्भको उद्घोषसमेत गरे । जसअनुसार अर्को साता पोखरा १, बगर गाईघाटबाट सफाइ अभियान सुरुवात हुनेछ ।

यता, झण्डै ४ महिना चलेको उक्त अभियानमा ३ सय ३५ टन फोहोर संकलन भएको छ भने करिब ४६ हजार मानिसले सहभागिता जनाएको अभियन्ता सुनिल पौडेलले जानकारी दिए । त्यस्तै, करिब १ सय १५ बढी संघसंस्थाले ऐक्यवद्धता जनाउँदै फोहोर संकलनमा साथ दिए । ९ किमी लामो फिर्केखोला र ३ दशमलब ५ किमीको बुलौंदी सफाइ गरिएको हो । अभियानसँगै सर्वसाधारणमा सरसफाइप्रति सचेतनाको बिजारोपणसँगै पोखरा उपमहानगरपालिका पनि नगरको नियमित फोहोर संकलनमा सजग हुन बाध्य भएको छ ।

१८ औं श्रृंखलाको सांसद् शारदा पौडेलले राष्ट्रिय गान बजाएर सफाइ कार्यक्रम सुरुवात गरेकी थिइन् । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा कैलाश विकास बैंकका तर्फबाट सफाइ अभियानका लागि ५० थान डोको, ५ सय थान सेफ्टी ग्लोब कार्यकारी अधिकृत कुँवरलाई बैंकका संचालक नारायण बराल र गोापलप्रसाद पौडेलले हस्तान्तरण गरेका थिए ।

निरन्तर सहभागी मुक्तिनाथ विकास बैंकले शनिबार पनि १ हजार मास्क र डिस्पोजल ग्लोब हस्तान्तरण गरेको थियो । मितेरी नारी समूह बैदामले पिउनेपानी प्रबन्ध गरेको थियो ।

वैदाम प्रहरी चौकीदेखि ड्यामसाइडस्थित फेवाताल किनारसम्म भएको उक्त श्रृंखलामा करिब १६ टन फोहोर मैला संकलन भएको छ । अभियानमा विभिन्न आमा समूह, क्लब, टोल विकास संस्था, सरकारी निकाय, स्थानीय प्रशासन, विभिन्न संघसंस्था, सर्वसाधारणलगायतले साथ दिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो