असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको भिसा शुल्कमा भारी वृद्धि, विदामा आउने नेपाली कामदार पनि प्रभावित हुने पक्का

२०७३, १५ आश्विन शनिबार १२:५७

असोज १५, काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसाका लागि अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।

साउदी सरकारले एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरु पनि प्रभावित हुनेछन् ।

दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने समाचारमा उल्लेख छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।

कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरुलाई थप मारमा पारेको छ । साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीहरूमा अतिरिक्त भार परेको थियो ।

कुनै पनि नेपालीहरूको साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पिआर या गि्रनकार्ड जस्ता सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ ।

साउदीले अब सामुन्दि्रक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से