२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

२५ श्रावण २०८०, बिहीबार ०८:४३

साउन २५, काठमाडौँ | शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।


प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पँहुच, विधेयक कसले र कसका लागि बनायौं?, विेदनको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए।

गुठीमा भएका विद्यालयहरुले नै दु:ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए।

शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली