असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भए"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रगतिपथको साधारणसभा सकियो

१६ आश्विन २०७३, आईतवार ०३:१९

असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरे । 

जिल्ला सहकारी संघ झापाकी सल्लाहकार समिति सदस्य चम्पा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ नागरिक, जग्गादाता, असल ऋणि, मेहनती किसान र एसएलसी परिक्षामा उत्कृष्ट अङ्क हाँसिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ अमृतमाया भट्टराई, मानवीर सार्की, जग्गादातातर्फ लक्ष्मीप्रसाद दाहाल, असल ऋणितर्फ पुण्यप्रसाद प्रसाईं, मेहनती किसानतर्फ विश्वनाथ सेलुवाल र सर्वोत्कृष्ट विद्यार्थीतर्फ रेखा बाँस्कोटा र मनिष रिजाल छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष छविलाल पोखरेल, भगवती निमाविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम पाठक, वायोस्याण्ड फिल्टर उद्योगका ईश्वरप्रसाद दाहाल, शेयर सदस्य पुण्यप्रसाद ओझा र विद्यालयका प्रधानाध्यापक खड्ग विमलीले मन्तव्य राखेका थिए । उपाध्यक्ष सीताराम दंगालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक मुक्तिप्रसाद पोखरेलले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य