२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मन्त्रीबाट फिर्ता गर्न लागेपछि सुदन किरातीको जवाफ- अध्यक्ष कमरेडलाई बाध्यता छ, सहयोग गर्न तयार छु

२८ श्रावण २०८०, आईतवार ०६:४७

साउन २८, काठमाडौँ | पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले अध्यक्ष प्रचण्डलाई परेको बाध्यतामा आफूहरू सहयोग गर्न तयार रहेको बताए ।


उनले भने, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

यसअघि पर्यटनमन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकजनालाई हटाउने भनिएकोमा दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको छ । माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बालुवाटारनिकट स्रोतले बतायो ।

नुवाकोट १ बाट निर्वाचित तामाङ सिनियर नेतासमेत भएकाले उनलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीमा दबाब थियो । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बनेका थिए । उनी युवा खेलकुदमन्त्री समेत भएका थिए ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै बालुवाटारमा बुझाएकोमा भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीताको निधन भएपछि उनी नियुक्त हुन सकिनन् ।

जनमतले पर्यटनमन्त्रालयमा दाबी गरिरहेको छ । जनमतको भागमा पर्यटन दिँदा कांग्रेसकी सीता गुरुङलाई संघीय मामिलामा ल्याएर हितबहादुरलाई शहरी विकास मन्त्रालयको जिम्मा दिन लागिएको स्रोत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै