१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वल्र्डलिंक

३१ श्रावण २०८०, बुधबार १२:००

साउन ३१, काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । 


सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच  समझदारी पत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वल्र्डलिंकका सञ्चालक मनोज अग्रवालले बताउनु भयो । उहाँका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ । त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० (Youth Entrepreneurship Vision 2023) का निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने बताउनु भयो । उहँँका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् ।  

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तन ः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । यो सम्मेलनले कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि,  युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिबृद्धि र उद्यमको बृद्धि बिकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास रहेको छ । 

सम्मेलनलमा युवा उद्यमशीलताको बिकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, स्टोरी सेयरिङ्, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।  सम्मेलनमा बिभिन्न सरकारी निकाय, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायको सहकार्य रहने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न