२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकमा च्याट गर्ने किशोरीले बोलाएर रिसोर्टमा जाँदा ४० लाख स्वाहा

३२ श्रावण २०८०, बिहीबार ०९:१०

साउन ३२,  काठमाडौँ | सामाजिक सञ्जाल ‘फेसबुक’ मा करिब ३ महिना च्याटमा कुरा गरेपछि एक जना पुरुषलाई आयुष्माले भेट्न बोलाइन् । काठमाडौँ बस्दै आएका ती पुरुषलाई  सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् । पुरुष साँगामा गए । रिसोर्टमा पुगेर केही मिनेट कुरा गरेपछि आयुष्माले ‘टाउको दुख्यो’ भनिन् । बाहिर निस्किइन् । 

अनि, एक जना महिला र पुरुष रिसोर्टको कोठामा गएर ती पुरुषलाई हप्काउन सुरु गरे । आफ्नो नाता पर्ने किशोरीलाई ‘बलात्कार प्रयास’ गरेको आरोप लगाएर पैसा नदिए ‘झुटो मुद्दा’मा फसाउने धम्की दिए । धम्क्याएर ४० लाख बराबरको ८ थान चेक लिएर उनीहरू त्यहाँबाट फरार भए । 


पुरुषलाई योजनाबद्ध हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएकी आयुष्मासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीतहरुलाई साउन ३० मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए । पक्राउ पर्नेमा आयुष्मा र दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका राजु खत्री छन् । 

अनुसन्धानबाट आयुष्माको नाममा फेसबुकमा कुरा गर्ने व्यक्ति थिए –‘डिके शर्मा ।’ खोटाङ घर भएका शर्माले योजनाबद्ध ती पुरुषलाई हनिट्रयापमा पारेको अनुसन्धानबाट थाहा भएको छ । २५ वर्षीय शर्मा २०७९ असारमा पनि हनिट्रयाप मुद्दामा पक्राउ परेर छुटेका हुन् । पुरानो मुद्दामा छुट्नासाथ शर्माले फेरि हनिट्रयाप धन्दा सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

डिकेले आयुष्मालाई ‘जागिरको लोभ’ देखाएर ती पुरुषसँग साँगामा पठाएको अनुसन्धानबाट थाहा भएको छ । डिकेसँगै साँगामा ती पुरुषसँग ब्ल्याकमेल गर्नेमा निकिता केसी पनि थिइन् । सुर्यबिनायक नगरपालिका–९ घर भएकी निकिता फरक मुद्दामा केन्द्रीय कारागारमा छिन् । योजनाकार डिके फरार छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै