२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एकजना कर्मचारी पक्राउ

२०८०, ३२ श्रावण बिहीबार ११:३९

साउन ३२,  काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकको थप एक जना कर्मचारी पक्राउ परेका छन् ।

बैंकका कर्मचारी दलबहादुर पुनलाई काठमाडौं प्रहरीले नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली भेटिएको छ ।

पुनको नक्कली प्रमाणपत्रका सम्बन्धमा बैंकले प्रहरीलाई जानकारी दिएको थियो । त्यसलगत्तै प्रहरीले पुनलाई नियन्त्रणमा लिएको हो । बैंकले त्रिभुवन विश्वविद्यालयसँग समेत पुनको प्रमाणपत्रबारे बुझेको थियो ।

प्रहरीले बैंकका अन्य कर्मचारीसमेत छानबिनको दायरामा राखेको छ । प्रहरीका अनुसार बैंकका अन्य तीन जना कर्मचारीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

यसअघि सिटिजन्स बैंककै मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परिसकेका छन् । उनीहरु बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते