२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँच दिन अघि मात्र वैवाहिक जीवनमा बाँधिएकी सरस्वती झुण्डिएको अवस्थामा फेला

२०८०, ७ भाद्र बिहीबार ०४:५४

भदौ ७, राजविराज । सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया निवासी गोविन्द मण्डलकी १९ वर्षिया श्रीमती सरस्वती कुमारी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बुधवार आफ्नै कोठाको दलिनमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहले उनको शव पोस्टमार्टमका लागी अस्पताल पठाई थप अनुसन्धान थालिएको जानकारी दिए । नवविवाहिता सरस्वतीले घरायसी विवादका कारण आवेशमा आई आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान स्थानीयले ब्यक्त गरेका छन् ।

केही दिन अघि मात्र गोविन्दसँग वैवाहिक जीवनमा बाँधीएकी सरस्वतीले के कुन कारणले त्यस्तो गरेकी होलान भन्ने विषयमा समेत अनुसन्धान थालिएको प्रहरीको भनाई छ । सरस्वतीका आफन्तले घट्नाको गहिरो अनुसन्धान हुनु पर्न माँग गरेका छन् ।

पाँच दिन अघि मात्र राजविराज नगरपालिका १ डुमरी शिवथानकी २८ वर्षिया पुष्पा यादव, हनुमाननगर कंकालिनी नगरपालिका १ का १६ वर्षिय दिपककुमार साह र कंचनरुप नगरपालिका ४ कविलासाका १७ वर्षिय घनश्याम मण्डल आ–आफ्नै कोठामा सिलिङ्ग फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

तीनै जनाले घरायसी विवादका कारण आत्महत्या गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान जारी राखेको वेला एक साता भित्रै त्यस्तै प्रकृतिको चौथो घट्नाले स्थानीय र प्रहरीलाई चिन्तीत तल्याएको छ ।

जिल्लामा अािर्थक वर्ष २०७७–२०७८ मा १ सय १५ जनाले आत्महत्या गरेका थिए । त्यस्तै २०७८–२०७९ मा १ सय ३६ जनाले र २०७९–२०८० मा १ सय ६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याँकले देखाएको छ ।

आर्थिक समस्यादेखि प्रेम सम्बन्ध, घरायसी तनाव, असफलता, वेरोजगारी, ऋणको भार लगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको भन्दै प्रहरीले यसको न्यूनिकरणका लागी सचेतना अभियान चलाए पनि आत्महत्याको दर बढने क्रम न रोकिनु दुःखद भएको मनोचिकित्सकहरु बताउँछन् ।

उनीहरुले सम्बन्धित ब्यक्तीको बैचनीपूर्ण मनोविज्ञानलाई घर परिवार र समाजले बेलैमा ध्यान दिएर सकारात्मक ढंगले समाधानको प्रयास गरे आत्महत्याका घट्ना न्युनीकरण गर्न ठूलो बल पु¥याउने सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते