२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी गरेको आरोपमा २ जना पक्राउ

२०८०, ७ भाद्र बिहीबार १०:४१

भदौ ७, काठमाडौँ | सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी परेको थियो । उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

यसबारे अनुसन्धानका क्रममा ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार अभियुक्तहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ । यस्तै १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामाम बरामद गरेको छ । ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते