असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्या"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वडा प्रहरी कार्यलय वगरमा नयाँ व्यारेक निर्माण

१७ आश्विन २०७३, सोमबार ०१:५४

असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्यालय बगर भित्र प्रहरी व्यारेक तथा मेश निर्माण गरेको हो ।

स्थानिय स्तरबाट सहयोग जुटाएर मेस तथा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।

भवन तथा मेस निर्माण गर्नका लागि नगद नौ लाख ४२ हजार सात सय ६८ र वाकी जन सहभागिता सहित गरेर १३ लाख ३४ हजार आठ सय ४८ रुपैया खर्च लागेको निर्माण समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए।

नवनिर्मित मेस तथा भवनको आईतबार एक कार्यक्रमका विच पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले उद्घाटन गरे।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले प्रहरी र नगारिक विचको नविनतम सम्वन्ध रहेको यो कार्यले देखाएको बताए।

शसस्त्र द्धन्द्धका क्रममा करिव आठ सय प्रहरी चौकी भत्किएको बताउदै उनले ती भत्किएका संरचनाको पुननिर्माण गर्न संगठन तिव्र गतिमा लागि परेको उल्लेख गरे।

कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखे्रलले भवन निर्माणले यहाँका प्रहरीलाई काम गर्न अझै मनोवल वढ्ने बताए। डिउटीमा थकित भएका प्रहरी कर्मचारी राती ढुक्क सग सुत्न पाएन भने भोली पल्टको डिउटी राम्रो हुदैन उनले भने– यहाँ व्यारेक निर्माण गरेर प्रहरी कर्मचारीको मनोवल बनाउने काम गर्नुभएको छ तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले यो वडा नमुना वडाको रुपमा रहेको बताए। प्रहरी र नागरिक वीचको सम्वन्ध कस्तो हुनु पर्दछ भन्ने यस वडाबाट अरुले पाठ सिक्न पर्ने उनको भनाई थियो।

कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादर श्रेष्ठले प्रहरी र नागरिक वीचको सहकार्यबाट मात्रै शान्ति सुरक्षा कायम हुने बताए।

कार्यक्रममा भवन निर्माणमा दिन रात खटिएको भन्दै वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्रबहादुर थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।

त्यसैगरि कार्यक्रममा भवन निर्माण कार्यमा उल्लेखनिय सहयोग गरेको भन्दै प्रहरी कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो।

यसरी सम्मनितहुनेहरुमा प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदी, प्रहरी हवल्दार शंकरबावु वस्नेत, प्रहरी हवल्दार गोपाल भुजेल, प्रहरी जवान सागर प्रजा रहेका छन्।

कार्यक्रममा भवन निर्माण सहयोग गर्ने सहयोगि संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो।

वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष तथा समितिकी सल्लाहकार जीवन अधिकारीले स्वागत र  वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक तथा निर्माण समितिका सदस्य सचिव मोहनबहादुर खाँणले कार्यक्रम सञ्चालन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो