असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्या"/>
2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

वडा प्रहरी कार्यलय वगरमा नयाँ व्यारेक निर्माण

असोज १७, पोखरा | वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ । वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति ले वडा प्रहरी कार्यालय बगर भित्र प्रहरी व्यारेक तथा मेश निर्माण गरेको हो ।

स्थानिय स्तरबाट सहयोग जुटाएर मेस तथा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।

भवन तथा मेस निर्माण गर्नका लागि नगद नौ लाख ४२ हजार सात सय ६८ र वाकी जन सहभागिता सहित गरेर १३ लाख ३४ हजार आठ सय ४८ रुपैया खर्च लागेको निर्माण समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए।

नवनिर्मित मेस तथा भवनको आईतबार एक कार्यक्रमका विच पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले उद्घाटन गरे।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले प्रहरी र नगारिक विचको नविनतम सम्वन्ध रहेको यो कार्यले देखाएको बताए।

शसस्त्र द्धन्द्धका क्रममा करिव आठ सय प्रहरी चौकी भत्किएको बताउदै उनले ती भत्किएका संरचनाको पुननिर्माण गर्न संगठन तिव्र गतिमा लागि परेको उल्लेख गरे।

कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखे्रलले भवन निर्माणले यहाँका प्रहरीलाई काम गर्न अझै मनोवल वढ्ने बताए। डिउटीमा थकित भएका प्रहरी कर्मचारी राती ढुक्क सग सुत्न पाएन भने भोली पल्टको डिउटी राम्रो हुदैन उनले भने– यहाँ व्यारेक निर्माण गरेर प्रहरी कर्मचारीको मनोवल बनाउने काम गर्नुभएको छ तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले यो वडा नमुना वडाको रुपमा रहेको बताए। प्रहरी र नागरिक वीचको सम्वन्ध कस्तो हुनु पर्दछ भन्ने यस वडाबाट अरुले पाठ सिक्न पर्ने उनको भनाई थियो।

कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादर श्रेष्ठले प्रहरी र नागरिक वीचको सहकार्यबाट मात्रै शान्ति सुरक्षा कायम हुने बताए।

कार्यक्रममा भवन निर्माणमा दिन रात खटिएको भन्दै वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्रबहादुर थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।

त्यसैगरि कार्यक्रममा भवन निर्माण कार्यमा उल्लेखनिय सहयोग गरेको भन्दै प्रहरी कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो।

यसरी सम्मनितहुनेहरुमा प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदी, प्रहरी हवल्दार शंकरबावु वस्नेत, प्रहरी हवल्दार गोपाल भुजेल, प्रहरी जवान सागर प्रजा रहेका छन्।

कार्यक्रममा भवन निर्माण सहयोग गर्ने सहयोगि संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो।

वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष तथा समितिकी सल्लाहकार जीवन अधिकारीले स्वागत र  वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक तथा निर्माण समितिका सदस्य सचिव मोहनबहादुर खाँणले कार्यक्रम सञ्चालन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई