२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजार अनुगमन महानगरको कडाई, ढुसी परेको कोक बेच्नेलाई तिरायो १ लाख ५० हजार जरिवना

२०८०, १० भाद्र आईतवार ०९:४९

भदौ १०, काठमाडौँ | काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमन बढाएको छ । ढुसी परेको कोका भेटेपछि महानगरले १ लाख ५० हजार जरिवना गरेको हो ।

कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ । जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।

गत साउन २८ गते बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपमेयर डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थको गुणस्तर, तरकारी र फलफूलको बजारमा निगरानी बढाउन भनेकी थिइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छन् ।

बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहन्छ । उक्त निर्णयसँगै बजारमा अखाद्य बस्तुको बिक्री रोक्नको लागि उनले अनुगमनलाई कडाइ गरेकी थिइन् ।

शुक्रबार महानगरको गुणस्तर परीक्षण विभागको टोलीले अनुगमनको क्रममा कालिञ्चोक ट्रेडिङमा ढुसी परेको कोकको बोतल भेटिएको थियो । महानगरको गुणस्तर परीक्षण विभागको टोलीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते