२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङको सुनवर्षीमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास

११ भाद्र २०८०, सोमबार ११:११

भदौ ११, विराटनगर । मोरङको सुनवर्षीमा पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार झापाको गौरादह नगरपालिका-६ घर भएका अन्दाजी २० वर्षीय अभिषेक सिंहले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् । सिंहले सुनवर्षी नगरपालिका-९ स्थित आदर्श माध्यमिक विद्यालयनजिक आफ्नो शरीरमा पेट्रोल छर्किएर आफैंले आगो लगाएको दाहालले बताए ।

उनका अनुसार सुनवर्षी-९ माझी गाउँमा सिंहको मामा घर हो । मामा हजारीलाल सिंहको घरमा आएका उनले दिउँसो १२ः३० बजेतिर शरीरमा आगो लगाएको जानकारी प्रहरीले दिएको छ । पेट्रोल छर्किएर आगो लगाउँदै आत्मदाह प्रयास गर्नुको कारण यकिन भइनसकेको डीएसपी दाहालले जानकारी दिए ।

अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने दाहालले बताए । स्थानीयले शरीरमा लागेको आगो निभाएर घाइते अवस्थाका सिंहलाई उद्धार गर्दै उपचारका लागि रंगेली अस्पतालमा ल्याएका थिए । प्रहरीका अनुसार आगोले सिंहको छात्ती, हात, खुट्टालगायत शरीरका विभिन्न भाग जलेको छ । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि आफन्तले विराटनगरतर्फ ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै