असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैलाई लक्षित गरी नेपाल बैंकले अतिरित्त समयमा सेवा दिदै

१७ आश्विन २०७३, सोमबार ०५:२६

असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।
     नियमित हिसाबले विहान १० बजेबाट कारोबार संचालन भैरहेकोमा निक्षेप भुक्तानी तथा जम्मा स्वीकार गर्ने सम्बन्धी बैकिङ कारोबार विहान ७ः३० बजेदेखि विहान ९ः३० बजेसम्म कारोबार समय थप गरी संचालन गरिएको नेपाल बैक पर्वतका शाखा प्रबन्धक ययज्ञमुर्ति बस्यालले जानकारी दिए ।
    बैंकमा निजामति कर्मचारी तथा अन्य सेवा ग्राहीको चाप बढेपछि समय थप गरी सेवा  प्रवाह गरेको उनले बताए । आइतबार मात्रै नेपाल बैंकमार्फत  झण्डै ५ सय जनाले सेवा लिएको बैंकले जनाएको छ ।
 दैनिक २ सय जनाले सेवा लिदै आएको बैंकमा दशै शुरु भएसँगै सेवाग्रहीको चाप ह्वात्तै बढेको शाखा प्रबन्धक बस्यालको भनाई छ । आइतबारमा मात्रै १०        करोडको कारोबार भएको उनको तर्क छ । बैंकले जिल्लामा नोट बैक नभएका कारण खुद्रा पैसा उपलब्ध गराउन नसकेको बताएको छ ।
    दशै तिहारको लागि आवश्यक पर्ने खुद्रा नोटको लागि बैकले बाग्लुङ र बेनीमा रहेको नोट बैंकमा समन्वय गरीरहेको र दूई तिन दिनमा खुद्रा नोट पनि उपलब्ध गराउन जनाएको छ । सेवाग्राहीको सुविधाको लागि अतिरित्त समय थप गरेको बैकले सेवा प्रवाह गर्नको लागि टिमलागेको बताएको छ । यता बृद्धा भत्ताको सुविधा दिन्छौं भनेका केहि बैंकले ठूलो कारोबारमात्र गरी बृद्धबृद्धाहरुलाई दशैको मुखमा निराश बनाएको खबर छ । बृद्धाभत्ताको लिनको लागि गाउँबाट बजारसम्म आएका बृद्धबृद्धालाई बैंकले दशैपछि मात्रै रकम भुक्तानी गर्ने बताएपछि जेष्ठ नागरिक दशैको मुखमा निराश बन्न पुगेका छन् ।
    कुश्मा नगरपालिकाका ९ वटा वटा तथा साविक गाविस र अन्य गाउँका जेष्ठ नागरिकले बृद्धाभत्ता समयमा पाउन नसकेका हुन् । नगरपालिकाले बृद्ध भत्ताको लागि बायिाज्य बैक, फेवा बैक, गरिमा बैक लगायतका बैंकलाई जिम्मा दिएको छ तर नगरका बृद्धबृद्धाहरुले भने समयमा बृद्धाभत्ता पाउन भने सकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली