२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदी गएका नेपाली कामदारले २९ करोड रुपैयाँ तिर्न बाँकी

२०८०, १३ भाद्र बुधबार १२:२७

भदौ १३,  काठमाडौँ |  वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीले २९ करो ड ५४ लाख ६० हजार रुपैयाँ जरिवाना स्वरूप तिर्नुपर्ने भएको छ। नेपाली दूतावासका अनुसार हालसम्म दूतावासको सम्पर्कमा आएका १७७ जनाले यो रकम तिर्नुपर्ने भएको हो। 

विभिन्न लोभ लालचमा परी सम्बन्धित कम्पनीमा काम छाडेर भाग्नेको संख्या ९० प्रतिशत रहेको र गाडी चालक, मदिरा उत्पादन, लोकल मोबाइल सिम गलत प्रयोग गरेर जरिवाना तिर्नुपर्नेको संख्या १० प्रतिशत रहेको दूतावासले जनाएको छ। 

नेपालमा गरिएको सम्झौता अनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परी कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले विभिन्न बहानामा नेपाली कामदार माथि जरिवाना लगाउँदै आएको छ। 

कम्पनी अनुसार  प्रत्येक  व्यक्ति लाई २ हजार देखि ३ लाखसम्म जरिवाना लगाइएको छ। कतिपय जरिवानाको केस सम्बन्धमा समयमा अदालतको फैसलामा उपस्थित नभएर म्याद सकिए लगतै फैसला अनुसार जरिवाना बढ्दै जाने छ। साउदीमा एक व्यक्तिको नामको अर्काको आईडीमा अरू कसैले १० वटासम्म मोबाइल सिमकार्ड निकालेर दुरूपयोग गरेर आइडीबाट निकालेको व्यक्तिले अनावश्यक रुपमा ५ हजार देखि २  लाख साउदी रियलसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।  

नेपाली दूतावास रियादले साउदी सरकारसँगको समन्वयमा साउन एक महिनाभित्रमा २२५ जना नेपाली कामदारको बहिर्गमन भिसा उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते