२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाकिस्तानसँगको खेलपछि के भन्छन् नेपालका प्रशिक्षक मोन्टी देसाइ?

१४ भाद्र २०८०, बिहीबार ०७:००

भदौ १४, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन्। 

उनले नेपालले राम्रो सुरुवात गरे पनि पाकिस्तानका विश्वस्तरीय खेलाडीका कारण पराजित हुनु परेको बताए। 


‘हाम्रा ब्याटरले विश्वस्तरीय बलरको सामना गरेका थिए। मेरो विचारमा हामीले पाकिस्तानसँगको खेलबाट सिक्नका साथासाथै के के राम्रो गर्‍यौं भनेर पनि हेर्न पर्छ,’ उनले भने, ‘हाम्रा बलरले खेलका लागि तयारी गरेका थिए। हाम्रो राम्रो सुरुवात भएको थियो। हामीले टस हारेर पहिले बलिङ गर्‍यौं। बाबर र इफ्तिखरको साझेदारीले हामीलाई अप्ठेरो पार्‍यो। हुन पनि बाबर विश्वस्तरीय खेलाडी हुन्।’

उनले नेपालले फिल्डिङमा भने खराब प्रदर्शन गरेको स्विकार गरे। समग्रमा नेपालको विश्वस्तरीय टिमसँग खेल्ने सपना पूरा भएको पनि उनले बताए। 

‘यो स्तरमा खेल्ने नेपाली खेलाडीको सपना थियो। आज खेल्न सुरु भएको छ। यो सुरुवात हो। हामी सिक्दै अघि बढ्छौं। के के सुधार गर्न पर्छ हेर्दै जान्छौं,’ उनले भने।

अब भारतसँगको खेलमा केन्द्रीत हुने उनको भनाइ छ। 

‘हामी अब भारतसँगको खेलमा केन्द्रीत हुन्छौं। त्यसअघि भारत र पाकिस्तानका खेल हेर्छौं। खेलबाट हामीलाई तयारी गर्न मद्दत गर्छ,’ उनले भने।

नेपाली टिम आफ्नो दोस्रो खेलका लागि बिहीबार विहान पाकिस्तानबाट श्रीलंकातर्फ गएको छ।

बुधबार समूह 'ए' को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ। खेल श्रीलंकाको क्यान्डीमा हुनेछ। 

त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामै खेल हुनेछ।

प्रतियोगिताम अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिएका छन्।  

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह 'बी' मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै