२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चन्द्रयानले चन्द्रमामा रेकर्ड गर्यो भूकम्पीय गतिविधि

१५ भाद्र २०८०, शुक्रबार ०९:५४

एजेन्सी | भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।


इसरोले बिहीबार आफ्नो एक्स अकाउन्टमार्फत् उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ । तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरु रेकर्ड गरिरहेको छ ।

इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ– चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण Instrument for the Lunar Seismic Activity  (ILSA) ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।

सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतित हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार ILSA को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरुका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो ।

यसअघि इसरोले चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा प्लाज्मा पार्टिकल्सको अनुसन्धानका बारेमा जानकारी दिएको थियो । विक्रम ल्याण्डरमा रेडियो एनाटोमी अफ मून बाउन्ड हाइपरसेन्सिटिभ आइनोस्फेयर एण्ड एटमस्फेयर नामक उपकरण पनि रहेको छ जसले चन्द्रमाको दक्षिणी क्षेत्रको सतहमा प्लाज्मा कणको अनुसन्धान गरेको थियो । सुरुवाती आँकडाले चन्द्रमाको सतहमा प्लाज्माको मात्रा अपेक्षा गरिएको भन्दा कम रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै