२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीले चीन भ्रमणका बेला चुच्चे नक्साबारे कुरा उठाउने

१५ भाद्र २०८०, शुक्रबार १०:३३

भदौ १५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताए।

उनले यस विषयलाई कूटनीतिक पहलबाटै टुंगो लगाउनुपर्ने जानकारी पनि दिए।

‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ। प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’

गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जारी गरेको चुच्चे नक्सा समेटिएको छैन।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानै लाग्दा चीन सरकारबाट जारी भएको नक्सामा नेपालको नयाँ नक्सा नभएपछि त्यसबारे कुरा उठाउनुपर्ने माग जनस्तरबाट उठेको छ। यद्यपि सरकार भने यो विषयमा अहिलेसम्म मौन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै