२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसईईको ग्रेड बृद्धि लागि फुपूको घर हिँडेकी बालिकालाई अटो चालकले गरे होटलमा लगेर बलात्कार

१६ भाद्र २०८०, शनिबार ०३:५६

भदौ १६, सुर्खेत । एसईईको ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट फुपूको घरमा आएकी १५ वर्षीय किशोरीलाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ घर भई वीरेन्द्रनगर वीरेन्द्रनथर-३ तातापानीमा अटो व्यवसाय गरिरहेका ३६ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

एसईईको नतिजापछि दुई विषयको ग्रेड वृद्धिको लागि घरबाट वीरेन्द्रनगरर फुपूको घरमा आएकी उनलाई बाटोबाटै होटेलमा लिएर पटक-पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार ती बालिका भदौ २ गते दैलेखबाट गाडी चढेर सुर्खेत आएकी थिइन्। उनी साँझपख मात्रै सुर्खेत पुगेको र अस्पतालको चोक नजिक फुपूको घर भन्ने सुनेकोले अटो चालक सुरेन्द्रबहादुरले त्यही मौकामा बलात्कारको योजना बनाएको अनुसन्धानमा खुलेको छ।

सुरेन्द्रले भे १ ह २३०९ नम्बरको अटो रिक्सामा वीरेन्द्रनगर-६ शनिहल लाइनमा रहेको ‘यरो थकामी बार एन्ड लज’ को ४०१ नम्बर कोठमा ल्याई पटक-पटक बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।

चालकले होटल सञ्चालकलाई समेत आफ्नी श्रीमती भन्दै झुक्याएर पछाडिबाट किशोरीलाई कोठामा पुर्याएको समेत प्रहरी अनुसन्धानमा देखिएको प्रवक्ता शाहीले बताए।

ती किशोरीलाई कोठामा लगेर आफू यो क्षेत्रको डन भएको भन्दै भनेको नमाने मारिदिन्छु भनेर बलात्कार गरेका थिए। सुरेन्द्रले आफू निस्केका बेला बाहिरबाट ढोका बन्द गर्थे। त्यस्तै आफूलाई जबर्जस्ती बियर खुवाएको पनि बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।

सुरेन्द्रले बालिकालाई ‘मेरो कोरियन भाषा कक्षा छ, म पढ्न जान्छु, एक घण्टापछि आउँछु र पुर्‍याइदिन्छु’ भनेर उनी निस्किन्छन्। ढोकामा बाहिरबाट ताल्चा लगाइदिन्छन्।

सुरेन्द्रबहादुर साढे नौ बजे आएर कोठामा पस्छन्। बालिकामाथि फेरि बलात्कार गर्छन्। केहीबेरमा दुबै जना बाहिर निस्किन्छन्। फुपूको घर पुर्‍याइदिन्छु भन्दै बालिकालाई अटोरिक्सामा राखेर अघि बढ्छन् र अलिक पर एउटा साँघुरो गल्लीमा ओह्रालेर आफू बेपत्ता हुन्छन्।

त्यसपछि बेवारिसे भएकी उनी बसपार्क गएर दैलेख जाने योजना बनाएर सडकमा हिंडिरहेको बेला चिनजानकी एक जना दिदी भेटिइन्।

किशोरीले एक्कासि आफू बिरामी भएको बताइन्। आमाबुबालाई आफू सुर्खेत आएको कुरा जानकारी नदिने सर्तसहित किशोरी ती दिदीको घरमा गइन्।

१० दिनसम्म ती दिदीको घरमा बसेकी किशोरीले आफ्नो पीडा बताउन चाहिनन्। ती दिदीले १० गते राति किशोरीका बुबालाई फोन गरेर किशोरीको अवस्थाबारे बताएपछि उनका बुवा यही भदौ ११ गते सुर्खेत आए।

बुबाले सोधीखोजी गरेपछि बालिकाले घटना सुनाइन्। भोलिपल्ट १२ गते बिहान बुबा प्रहरीमा पुगे। त्यसपछि प्रहरीले ती अटो चालकको खोजी गर्यो। उनलाई प्रहरीले १३ गते वीरेन्द्रनगरकै एरी चोकबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले सुरेन्द्रविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएर अदालतबाट ५ दिनको म्याद थप समेत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै