२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्दा बुबा पक्राउ

२०८०, २० भाद्र बुधबार ०५:२९

भदौ २०, काठमाडौँ | सिरहामा विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–३ का अरविन्द कुमार यादवले २२ वर्षीया छोरी सुनिता कुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहामा विवाहित भएपनि झुटो विवरण पेश गरी छोरीलाई नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बुवालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरिएको बताए ।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाअध्यक्ष वंशीलाल यादवलाई पनि नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । जानाजान विवाहितलाई अविवाहित भनेर सिफारिस गर्ने नवराजपुर गाउँपालिका–३ का वडाअध्यक्ष यादवलाई नियन्त्रणमा लिइने सूचना अधिकारी झाले बताए । यस विषयमा थप छानबिन गर्नुपर्ने भएकोले वडाअध्यक्षलाई पनि झिकाउने निर्देशन प्रजिअवाट प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

अविवाहित नागरिकता बनाउन खोज्ने सुनिताको सप्तरीको बोदेबरसाईन नगरपालिका–१० खडगपुरमा २०७८ फागुनमा सामाजिक परम्परा अनुसार विवाह भएको तथ्य प्राप्त भएको सुचना अधिकारी झाले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने