२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरी नदीमा एकजनाको शव फेला, मेजर पण्डितको हुन सक्ने आशंका

२०८०, २६ भाद्र मंगलवार १०:५२

भदौ २६, सुर्खेत | डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ । उक्त शवको पहिचान भने खुलेको छैन । तर, केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएका थिए ।

मंगलबार भेटिएको उक्त शव मेजर पण्डित हुन सक्ने आशंका गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । मेजर पण्डित यही भदौ १० मा त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १७ दिन पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘भेरी नदीमा भेटिएको लाशको भने पहिचान हुन सकेको छैन । मेजर पण्डितको लाश हो कि भन्ने आशंका भने गरेका छौं । अनुसन्धान भइरहेको छ ।’

मेजर पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने