४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घडी र औँठीबाट पत्ता लाग्यो मेजर पण्डितको शव

२६ भाद्र २०८०, मंगलवार १२:१८

भदौ २६, डोल्पा | बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो । 

स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए । उनीहरुले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो । साथै सेनाको टोली पनि त्यहाँ पुगेको छ । 

ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले  बताए । यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको उनले बताए । 

‘हामीसँग नेपाली सेनाको दुईवटा मेजरसावहरुको टोली आउनुभएको थियो, औँठी र घडीको आधारमा शव मेजर पण्डितकै रहेको यकिन गर्नुभयो,’ उनले भने,‘ पण्डितको अंकलका छोरा पनि घटनास्थलमा पुगेका थिए । 

मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् ।  शवलाई जिल्ला अस्पतला ल्याउने तयारी भइरहेको उनले बताए । काठमाडौँको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित १० भदौ अपराह्न ४ बजे त्रिपुराकोटबाट बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ