2026-09-07 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोरक्कोमा भूकम्पअघि देखिएको अनौठो प्रकाश के हो ?

एजेन्सी | शुक्रबार मोरक्कोमा गएको ६.८ म्याग्निच्युडको विनाशकारी भूकम्पअघि ‘भूकम्पीय प्रकाश’ देखिएको भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । यस्तो रिपोर्ट गरिएको पहिलोपटक भने होइन । शताब्दी अघि प्राचीन ग्रीसदेखि नै यस्तो घटनाको चर्चा सुनिँदै आएको छ ।

चम्किलो तथा विभिन्न रङको उक्त प्रकाशले वैज्ञानिकहरूलाई लामो समयदेखि चकित बनाउँदै आएको छ । तर, हालसम्म यसको कारणबारे वैज्ञानिकहरू सहमत हुन सकेका छैनन् । अमेरिकी जियोलोजिकल सर्भेमा काम गरिसकेका जियोफिजिस्टि जोन डर्रले यो वास्तविक प्रक्रिया भएको बताए । उनी आफै भूकम्पीय प्रकाश वा ‘ईक्यूएल’ बारे विभिन्न वैज्ञानिक पेपरका सह–लेखक रहेका छन् ।

‘ईक्यूएल देखिने कुरा अन्धकार र अन्य अनुकूलतामा भर पर्छ,’ उनले भने । मोरोक्कोको हालै सेयर गरिएको भिडियोमा देखिएको भनिएको भूकम्पीय प्रकाश सन् २००७ मा पेरुमा गएको भूकम्पका दौरान देखिएको प्रकाशजस्तै रहेको उनको भनाई छ ।

यस घटनाबारे अध्ययन गर्दै आएका पेरुको भौतिक शास्त्रका प्राध्यापक हुवान एन्टोनियो लिरा काचो पछिल्लो समय मोबाइल तथा सेक्युरिटी क्यामेराको भिडियोले यसबारे अध्ययन गर्न थप सहज भएको बताउँछन् । ‘४० वर्ष अघिसम्म यो असम्भव थियो,’ उनले भने, ‘तपाईंले त्यसलाई देखेको भए पनि कसैले तपाईंलाई पत्याउने अवस्था थिएन ।’

सन् २०१९ मा जोन डर्र सह–लेखक भएर ‘इन्साइक्लोपेडिया अफ सोलिड अर्थ जियोफिजिक्स’ मा प्रकाशित अध्ययन रिपोर्टमा भूकम्पीय प्रकाशका विभिन्न स्वरूप हुने उल्लेख गरिएको छ । कहिलेकाहीँ यस्तो प्रकाश सामान्य चट्याङजस्तो देखिने त कहिले ध्रुवीय क्षेत्रमा देखिने रङ्गीचङ्गी प्रकाश जस्तो हुने त्यहाँ भनिएको छ । कहिलेकाहीँ यस्तो प्रकाश आगोको ज्वालाजस्तो पनि हुने पनि बताइएको छ । सन् २००८ मा मा सिचुआन भूकम्पअघि लिइएको भिडियोमा आकाशमा चम्किलो बादल देखिएको थियो ।

यसबारे थप अध्ययन गर्न डर्र र उनका समकक्षीले अमेरिका र युरोपका ६५ वटा भूकम्पका क्रममा देखिएको प्रकाशको बारेमा रिपोर्टहरू सङ्कलन गरेका थिए । यी भूकम्प सन् १६०० तिरको पनि थियो । उनीहरूले सन् २०१४ मा सिस्मोलोजिकल रिसर्च लेटरमा आफ्नो पेपर प्रकाशित गरेका थिए ।

अध्ययनमा ८० प्रतिशतभन्दा बढी ईक्यूएल ५ वा सोभन्दा बढी म्याग्निच्युडको भूकम्पका बेला देखिएको थियो । यस्तो घटना भूकम्पको ठिक अघि केन्द्रविन्दुभन्दा ६ सय किलोमिटर टाढासम्म देखिएको थियो । सन् २०१४ को अध्ययनमा ईक्यूएल देखिएको घटनामा भूकम्प टेक्टोनिक प्लेट भएको क्षेत्रमा गएको थियो । 

डर्रका समकक्षी तथा सान होजे विश्वविद्यालयका प्राध्यापक फ्रिडमेन फ्रेउन्डले यस्तो घटना हुनुमा एउटा सिद्धान्त लिएर आएका छन् । नासाको एम्स रिसर्च सेन्टरमा पूर्व शोधकर्तासमेत रहेका उनले भूकम्प अघि वा दौरान टेक्टोनिक प्लेटमा चाप पर्दा क्रिस्टल ढुंगामा रहेको दोष र अशुद्धतामा पनि चाप पर्दछ यसले उनीहरू तत्काल टुटेर विद्युत् सिर्जना गर्दछन् । ‘इन्सुलेटर’ हुने ढुंगा चापमा परेपछि ‘सेमिकन्डक्टर’ बन्ने उनको जिकिर छ ।

‘यसरी सिर्जना भएको विद्युत् चापमा परेको ढुंगाबाट चापमा नपरेको ढुंगा पुग्छ । यस्तो चार्ज निकै तीव्र गतिमा (करिब २ सय मिटर प्रति सेकेण्डको गतिमा) यात्रा गर्दछ,’ उनले भनेका छन् ।

त्यस्तै, अर्को सिद्धान्तमा भूकम्पका दौरान ढुंगा फुट्दा ‘स्टाटिक इलेक्ट्रिसिटी (विद्युत्)’ निर्माण हुने भएकाले भूकम्पीय प्रकाश देखिने बताइन्छ । तर, वैज्ञानिकहरू कुनै पनि सिद्धान्तमा एक मत भने छैनन् । उनीहरू अझै पनि यस्तो प्रकाशको कारण खोतल्ने प्रयास गरिरहेका छन् । भविष्यमा यस्तो प्रकाशको कारणबारे पत्ता लगाएर भूकम्पको पूर्वानुमान गर्न सहयोग पुग्न सक्ने फ्रेउन्डले आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल