४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालभित्रै कुटपिटको सिकार भएका डा. थापाले छोडे हेटौँडा

२८ भाद्र २०८०, बिहीबार १२:०९

भदौ २८, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका प्रमुख डा. विकास थापाले कार्यस्थल हेटौँडा छोडेका छन् । हेटौँडा–१२ का एक हुल समूहको कुटपिटमा परेका डा. थापा बिहीबार काठमाडौं लागेका छन् ।

बुधबार दिउँसो डाक्टर थापासहित सञ्चो हस्पिटलमै कार्यरत अर्का डाक्टर प्रशान्त विडारीमाथि हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरीका राजेश प्रधानको परिवार र उनका आफन्तले हस्पिटलमै आएर कुटपिट गरेका थिए । हेटौँडाका चर्चित जनरल फिजिसियन डाक्टर थापाले अब हेटौँडा आउने वा नआउनेबारे परिवारसँग सल्लाह गरेर मात्रै निर्णय लिने बताएका छन् ।


मृतक प्रधानको परिवारले सञ्चो हस्पिटलका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएको थियो । जबकि प्रधानको मृत्यु चितवनस्थित पुरानो मेडिकल कलेजमा भएको थियो । चितवन जानुअघि प्रधानलाई डेंगी संक्रमण भएपछि सञ्चो हस्पिटलमा उपचारका लागि आएका थिए । सञ्चोले उनको उपचारपछि घर पठाएको थियो । घर पठाएको केही दिनमै उनी पुनः उपचारका लागि चितवन गएकोमा २५ साउनमा मृत्यु भएको थियो ।पीडित डाक्टर थापा बुधबार सञ्चो हस्पिटलको वार्डमा बिरामीको नियमित स्वास्थ्य परीक्षण तथा परामर्शमा रहँदा पदमपोखरीको समूहले उनीसहित अर्का डाक्टरमाथि निर्घात कुटपिट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

डा. थापा बिहीबार बिहान ८ बजे परिवारसहित काठमाडौं गएको हस्पिटल स्रोतले जानकारी दिएको छ । कुटपिटबाट डाक्टर थापाको गाला र अनुहार सुनिएको छ । डाक्टर विडारीको आँखा र अनुहारमा चोट लागेको छ । थापाले थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं गएका हुन् ।

कास्कीका डा. थापा ९ वर्षदेखि हेटौँडामा कार्यरत थिए । यसअघि उनी चुरेहिल हस्पिटलमा कार्यरत थिए । उनले तत्काल नियमित काममा फर्किने अवस्था नरहेको बताएको हस्पिटल स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ