२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागमती प्रादेशीक क्रिकेट संघले काठमाडौं महानगरसँग मिलेर ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

२०८०, २९ भाद्र शुक्रबार १२:०३

भदौ २९, काठमाडौँ | बागमती प्रादेशीक क्रिकेट संघले काठमाडौं महानगरपालिकासँग क्रिकेट विकासका लागि सहकार्य गर्ने भएको छ।

बागमती क्रिकेटका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्यका लागि सहमति भएको हो। 

खड्काले सामाजिक सञ्जालमा बागमती प्रदेश र महानगरबीच सम्झौता भएको तस्बिर पनि सार्वजनिक गरेका छन्। 

उनका अनुसार काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चानल हुने र कार्यक्रममा काठमाडौंका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिइने उल्लेख छ। 

पाँच दिने उक्त क्रार्यक्रमका लागि काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ। कार्यक्रम असोज १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ। जहाँ प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) को लेभल ओ क्रिकेट प्रशिक्षक तालिम प्रदान गरिनेछ।

कार्यक्रमका लागि महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समत गरिरहेको पारसले जानकारी दिए।

यस्तो छ पारसको स्टाटस:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने