2026-08-04 06:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

तिजको व्रत बस्दा ख्याल राखौँ

असोज १, काठमाडौँ | हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस पर्वमा धेरै महिला व्रत बस्छन् । तर, व्रत बस्दा केही कुराको ख्याल गर्न जरुरी छ । 

यसरी व्रत बस्न सकिन्छ

स्वस्थ मानिसले अर्धव्रत अर्थात् एक छाक खाएर व्रत बस्न सकिन्छ । पूरै दिन व्रत बस्नु छ भने दूध, फलफूल र पानी प्रशस्तै पिउनुपर्छ । धर्म–संस्कृतिले पनि व्रतमा यी खाद्यान्न खानमा रोक लगाएको छैन । आफूलाई कुनै दीर्घरोग छैन भने व्रत बस्दा हुन्छ । तर, पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । 

कसले नलिने व्रत ?

मुटु, मिर्गाैलालगायत दीर्घरोगको औषधि खाएका बिरामीले पनि व्रत बस्नु उपयुक्त हुँदैन । रगतको कमी भएका वा रगतसम्बन्धी समस्या देखिएका महिला तथा भर्खरै अपरेसन गरेकाहरूले पनि व्रत बस्नुहुँदैन । त्यसैगरी, गर्भवती र सुत्केरीले पनि व्रत बस्नुहुँदैन । सुत्केरीलाई क्यालोरीको आवश्यकता पर्छ । आफू मात्र नभई बच्चाका लागि पनि फिडिङ गर्नुपर्ने हुन्छ । त्यसैले सुत्केरीले पनि व्रत बस्नु उचित हुँदैन । 

मधुमेह  : मधुमेहको औषधि लिइरहेकाले व्रत बस्नु उचित हुँदैन । केही नखाँदा उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने पसिना आउने, मुटु  धड्किने, आँखा धमिलो हुन सक्छ । त्यसैले व्रत बस्नुहुँदैन । 

उच्च रक्तचाप :  उच्च रक्तचापको औषधि सेवन गरिरहेका महिलाले पनि केही नखाई व्रत बस्नुहुँदैन । निराहार व्रत बस्दा रिँगटा लाग्न सक्छ । रक्तचाप तल–माथि हुन सक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।यसैगरी, जसको रक्तचाप पहिल्यै लो छ, उनीहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुन्छ । व्रत बसेर बढी नाच्ने, गाउने गर्दा नुनको मात्रा घट्ने हुँदा शरीरमा ब्लडप्रेसर घट्छ । यस्ता व्यक्तिले पनि व्रत बस्नु उचित हुँदैन । यस्तोमा कमजोरी महसुस भई रिँगटा लागेर बेहोससमेत हुन सकिन्छ । व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्न आवश्यक हुन्छ । 

ग्यास्ट्राइटिस : ग्यास्ट्राइटिसको समस्या भएकाले व्रत बस्दा समस्या उत्पन्न हुन सक्छ । खाना तीनदेखि चार घन्टामा पेटबाट सानो आन्द्रामा गएर पेट खाली हुन्छ । त्यसकारण यस्तो अवस्थामा निराहार व्रत बस्नु उचित हुँदैन । पेट खाली नराखी समय–समयमा चोखोनितो केही खाएर व्रत बस्नुपर्ने हुन्छ । 

थाइराइड :  थाइराइड भएका महिलाले व्रत बस्दा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । थाइराडका बिरामीले पनि निराहार व्रत लिनुहुँदैन । किनभने, अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले पनि तीन–तीन घन्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्ने हुन्छ । 

क्यान्सर :  क्यान्सरका बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले रोगप्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले क्यान्सरका बिरामीलाई पौष्टिक आहारको जरुरी हुन्छ । खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । त्यसैले क्यान्सरका बिरामीले व्रत बस्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन