४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी

१ आश्विन २०८०, सोमबार १०:२३

असोज १, काठमाडौँ | मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही घडी हराउन थालेपछि ब्रेक प्याड र सेभर (दाह्री काट्ने मेसिन) मा राखेर सुन ल्याउन थालेको सुन प्रकरणमा पक्राउ परेका आरोपी लि जेक्वाङले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एक पटक ८ वटा घडी हराएपछि सेभर र ब्रेक प्याड लगायतमा राखेर सुन ल्याउन थालेको हो ।’


उनले बयानमा भनेअनुसार एउटा घडीमा २० ग्राम सुन हुन्थ्यो भने सेभरमा ५० ग्राम सुन आएँथ्यो । ‘ती सामानमा कहिले सुन राखेर त कहिले सुन नराखी आउने गरेको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडमा आएको सामान कहिल्यै हराउँदैनथ्यो र एकसेट ब्रेक प्याडमा ५ सयदेखि ६ सय ग्राम सुन आउने गरेको थियो ।

चिनियाँ नागरिक चोङ चिङ छह्रवाङ, चोङ चेनह्रवा, पिङ र एलेक्स भनिने याओ पुचेङ लगायतले ती सामग्री रेडी ट्रेड प्रालिमार्फत ल्याउने गरेको उनले बताएका छन् । प्रहरीका अनुसार जेक्वाङले बालुवाटार र लाजिम्पाटको गोदामको व्यवस्थापन गर्ने गरेका थिए ।

‘मलाई जानकारी भएसम्म घडीमा एक पटक ७५ वटामा सुन आएको थियो, सेभरमा एकपटकमा ७५/७६ वटा गरेर दुई पटक आएको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडको हकमा १९/२० पटक सुन राखेर आएको थियो ।’

चेक्वाङले चीनबाट आफूलाई निर्देशन दिएअनुसार आफूले विभिन्न व्यक्तिलाई सुनको ढिक्का दिने गरेको पनि खुलाएका छन् । ‘कहिले ५ रुपैयाँ त कहिले १० रुपैयाँको नोटको फोटो आउँथ्यो, त्यसको नम्बर हेरेर त्यो नोट लिएर आउने व्यक्तिलाई डेलिभरी दिन्थें’, उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ