२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई सय किलो गाँजासहित महोत्तरीबाट दुई पक्राउ

२०८०, ३ आश्विन बुधबार १०:०८

असोज ३, काठमाडौँ | दुई क्विन्टल लागू औषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्।

बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका- ७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका- ७ का २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। 


प्रहरीका अनुसार बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्नेक्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा २ सय १० किलो गाँजा बरामद भएको हो।

पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको डिएसपी गिरीले बताए।

‘प्रहरीलाई छल्न पिकअपमा मिनिरल वाटरको कार्टुनले छोपेर राखिएको थियो, झट हेर्दा पानीको बोतल नै बोकेर आइरहेको देखिन्थ्यो, पिकअप चालक र सहचालकको हाउभाउ शङ्कास्पद देखिएपछि पानीको कार्टुन हटाएर हेर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।’ डिएसपी गिरीले भने।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल