२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अन्तरिक्षमा बिकिनी पठाउँदै भारत, यस्तो छ नालीबेली

२०८०, ७ आश्विन आईतवार १२:१३

एजेन्सी | भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने भएको छ । यो युरोपेली अन्तरिक्ष कम्पनी द एक्सप्लोरेसनको एक रि इन्ट्री भेहिकल हो । अर्थात् रकेटले एउटा यानलाई अन्तरिक्षमा निश्चित उचाइसम्म लगेर छाड्नेछ । त्यसपछि यान पृथ्वीमा फिर्ता हुनेछ । यसका लागि युरोपेली कम्पनी र इसरोबीच सम्झौता भैसकेको छ ।

आगामी जनवरीमा इसरोको पिएसएलबी रकेटबाट उक्त सानो आकारको युरोपेली यान प्रक्षेपण गरिनेछ । सो यानको नाम बिकिनी हो । वास्तवमा बिकिनी द एक्सप्लोरेसन कम्पनीको पुनः प्रयोगयोग्य रि-इन्ट्री मोड्युल निक्सको सानो संस्करण हो ।


रकेटले बिकिनीलाई पृथ्वीको सतहभन्दा ५ सय किलोमिटर माथि लगेर छाडिदिनेछ । त्यहाँबाट यान पृथ्वीमा फर्किनेछ । त्यसक्रममा यसको पुनःप्रवेशका सम्बन्धमा विभिन्न अनुसन्धान गरिनेछ । वायु मण्डल पार गर्दै यो यान समुद्रमा खस्नेछ । बिकिनीको वजन ४० किलो मात्र हुनेछ । यो यानको उद्देश्य अन्तरीक्षमा विभिन्न सामानको आपूर्ति गर्नु हो ।

द एक्सप्लोरेसन कम्पनी आफ्नो विकिनी अन्तरिक्षयानको माध्यमबाट अन्तरिक्षमा सामानहरुको आपूर्ति गर्ने योजनामा जुटिरहेको बताइन्छ ।

यदि बिकिनीको जनवरीको रि-इन्ट्री मिसन सफल भएमा यसबाट व्यवसायिक उडानको नयाँ संसारको ढोका खुल्नेछ । अर्थात् अन्तरिक्षमा सहज रुपमा कुनै पनि सामानको आपूर्ति सम्भव हुनेछ, त्यो पनि कम खर्चमा ।

बिकिनी मिसनका लागि द एक्सप्लोरेसनले युरोपियन एरियनस्पेस कम्पनीसँग सम्झौता गर्ने तय भैसकेको थियो । तर पछि उक्त सम्झौताका लागि पछि भारतको न्यू स्पेस इण्डिया लिमिटेड कम्पनी छनोट भयो । न्यू स्पेस इण्डिया लिमिटेड भारतीय स्पेस एजेन्सी इसरोको व्यवसायिक भगिनी संस्था हो । एरियन सिक्स रकेटको निर्माणमा ढिलाइ भएसँगै भारतीय कम्पनीले उक्त ठेक्का पाएको हो । बिकिनीलाई पोलर स्याटेलाइट लञ्च भेहिकल (पिएसएलबी) रकेटको चौथो चरणमा आबद्ध गरिनेछ र अन्तरिक्षमा लगेर छाडिनेछ । जहाँबाट बिकिनी पृथ्वीमा फर्किनेछ ।

उक्त मिसनका क्रममा संकलित तथ्यहरुबाट भविष्यमा अझै उत्कृष्ट रि-इन्ट्री तथा रिकभरी प्रविधिको विकासमा सहयोग पुग्ने बताइएको छ । पिएसएलभी रकेटमा पिएस ४ अर्थात् चौथो चरणको प्रयोग हालै पिएसएलभी अर्बिटल एक्सपेरिमेन्टल मोड्युल अर्थात् पोएमका लागि गरिएको थियो ।

पिएस ४ ले पृथ्वीको चारैतर्फ परिक्रमा गरी विभिन्न प्रयोग गर्दछ । बिकिनीलाई पिएस फोरको माथिल्लो भागमा राखिनेछ ताकि यसको मुख्य मिसनमा कुनै असर नपरोस् । बिकिनीमा कुनैपनि खालको प्रोपल्सन सिस्टम छैन । पिएस फोरकै सहारामा यसले अन्तरीक्षमा छोटो समय बिताउनेछ । उपयुक्त उचाइ हासिल भएसँगै पिएस ४ हट्नेछ । त्यसपछि बिकिनी तीव्ररुपमा वायुमण्डल पार गर्दै समुद्रमा खस्नेछ ।

वास्तवमा बिकिनी यान ठूलो अन्तरिक्ष मिसनको छोटो ट्रायलको रुपमा रहनेछ । यो मिसनका लागि बिकिनीलाई ५ सय किलोमिटर आसपासको उचाइमा छाडिनेछ । त्यसपछि पिएस-४ ले बिकिनीलाई डिबुस्ट गर्दै कक्ष छाड्नेछ । त्यसपछि १२० देखि १४० किलोमिटरको उचाइमा आएपछि बिकिनीलाई छाडिदिनेछ र बिकिनी सिधै समुद्रमा खस्नेछ ।

स्मरण रहोस्, बिकिनी यान बनाउने जर्मन कम्पनी द एक्प्लोरेसन करीब २ वर्षअघि स्थापना भएको स्टार्टअप हो । सन् २०२८ सम्ममा चन्द्रमामा पुग्ने लक्ष्य कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा