2026-06-20 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापामा ‘द वल्ड फन पार्क’ सञ्चालनमा

2016-10-04

असोज १८,  झापा । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ आजवाट सञ्चालनमा आएको छ । 

शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रु. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गर्नुभयो । 

पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागाईं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले फन पार्क सञ्चालनमा ल्याइएको पार्क सञ्चालन समितिका सदस्य साहले बताउनुभयो । 

एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्षमाथि उमेर समूहका जो कोहीले पनि भरपुर मनोरञ्जन लिन सकिने जनाएको छ । छिमेकी मित्र राष्ट्र भारतको सिक्किम, दार्जिलिङ, मिरिक र सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको सञ्चालक साहको भनाइ छ ।

पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको । २० जनाले पार्कमा रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो । पार्कमा वनभोजस्थलको समेत व्यवस्था गरिएको छ । पार्कमा वाटरबल, बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, वाटर जर्ब, बडी जर्ब, मोनोक्रोम रेस्टुरेन्ट र किड्स जोनको सुविधा रहेको बताइएको छ । जुन सेवा पोखरापछि झापामा मात्र रहेको बताइएको छ । 

यसैबीच पार्क उद्घाटन समारोहपूर्व सोमबार राति साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा गायत सुगम पोख्ररेल, शिव परियार, आद्रिन प्रधान, गिरिश खतिवडासहित स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति गरेका थिए । पार्कका सञ्चालक समिति सदस्य साहका अनुसार एकै दिनमा पाँच हजार वढीले पार्कको अवलोकन गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ