कमल रावल । असोज १८, मंगलसेन अछाम । कीशोरिका सवाल तथा समस्यालाई एक साथ अघि बढाउने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको कीशोरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल । असोज १८, मंगलसेन अछाम । कीशोरिका सवाल तथा समस्यालाई एक साथ अघि बढाउने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको कीशोरि"/>
2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कीशोरिका सवाललाई एक साथ अघि बढाउने सरोकारवालाको प्रतिबद्धता

कमल रावल । असोज १८, मंगलसेन अछाम । कीशोरिका सवाल तथा समस्यालाई एक साथ अघि बढाउने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको कीशोरिका सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कीशोरिका सवाल एक जनामात्रको सवाल नभएकाले समग्र जिल्लाको बासिका भएकाले यस तर्फ सबैको ध्यान जानु पर्ने भनाई राखेका थिए । 

“ सक्षम बालीकाः समृद्ध नेपाल ” भन्ने नाराका साथ अन्तराष्ट्रिय दिवस २०१६ को अवसरमा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैनाले जिल्लामा सबै क्षेत्रको समानुपातीक रुपमा विकास हुनु पर्ने बताउनु भयो । कीशोरिका लागि कार्यक्रम अघि बढाउदा कार्यान्वयनको पाटोमा आफनो जहिले पनी सहयोग रहने बताउनु भयो । जिल्ला सेरोफेरो कार्यक्रम भन्दा पनी ग्रामिण क्षेत्र तिर कार्यक्रम लैजानु पर्ने बताउनु भयो । 

अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर विष्टले कीशोरका लागी माध्यामिक र उच्च माध्यामिक तहमा निशुल्क पुस्तकालय वितरण राज्यले अघि बढाएको बताउनु भयो । यस अघि नै दिवा खाजाको व्यवस्था, दलितलाई एसएलसि उत्तिर्ण पछि विशेष गरी रोजगार श्रृजना लगाएतका कार्य भईरहेका जानकारी गराउनु भयो । आगामि दिनमा जिल्लाका प्रत्येक विदलयमा सघन रुपमा कार्यक्रमका साथ छात्रा शौचालय छुट्टै ब्यवस्था, स्कुलमै किशोरिका लागि प्याडको ब्यवस्था लगाएतका कार्यक्रम अघि बढाउने बताउनु भयो । 

कार्यक्रममा महिला तथा वालवालिका कार्यालयका महिला विकास अधिकृत भगवति अर्यालले कीशोरि सुचना तथा परामर्शको व्यवस्थापनका साथ जिल्लाका ४ गाबिसमा कीशोरि मैत्री कार्यक्रम लागु भएको बताए । उनिहरुका सवाललाई समाधान गर्नका लागी बाल उद्धार कोष, लैगिक हिसा कोष लगाएतका कोषबाट सहयोग भईरहेका जानकारी गराउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाले १० देखि १९ वर्ष सम्मका कीशोरि समुहलाई लक्षित गरि जिल्लाका ३३ स्वास्थ्य संस्थामा कीशोर कीशोरि मैत्री सेवा लागु भएको जानकारी दिनु भयो । सोही अवसरमा अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले अहिले सम्म प्रहरी कार्यालय सम्म कीशोरि माथि हिसा, वाल विवाह लगाएतका मुद्दा एउटा दर्ता नभएको बताउनु भयो । तर स्थानिय स्तरमा युवा समुह, वाल समुह लगाएतले गरेका काम निकै स्रहानिय भएका बताउनु भयो ।

जिल्ला विकास समिती अछामका भिम चलाउने, गैसस महासघ अछामका उपाध्यक्ष जनक बटाला, प्रत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, युएनएफपिए अछामका प्रमुख भरत गोतामे, अन्तरपार्टी महिला संञ्जाल अछामका अध्यक्ष सरस्वती रावल लगाएतले आफनो आफनो तर्फबाट कीशोरिका लागि भईरहेको सहयोग र आगामि दिनमा गर्न सकिने सहयोग सहित प्रतिबद्धता जनाएका थिए । छलफल कार्यक्रममा सहभागि जिल्लाका विभिन्न गाबिसका कीशोरिले अझै पनी कीशोरिका लागी ठोस योजना बन्न नसकेको, उनिहरुलाई निर्णयक तहमा सहभागिता कमै गराउने, शिक्षा, स्वास्थ्य, महिला विकास, कीशोरिका क्षेत्रमा काम गर्ने संघ संस्थाले ठोस कार्य योजना बनाई आगामि दिनमा कार्यक्रम अघि बढाउनु पर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा नेपाली काग्रेस अछामका सचिव नम बहादुर शाही, एमाले जिल्ला सचिवालय सदस्य भिम जनाला, नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुल रोशन, नेकपा माओवादिका काशिराम जैसि, राप्रपा अछामका अध्यक्ष तेज बहादुर विष्ट, नेकपा माओवादिका रमिला शाहीले आगामी दिनमा कीशोरिका सवाल तथा समस्यालाई एकेबद्धताका साथ अघि बढाउने बताएका छन । आगामि दिनमा जो कोहीले पनी कार्यक्रम अघि बढाउदा ऐकिकृत योजनाका साथ लागु गर्नु पर्ने सुझाव दिएका थिए । युनिसेफ, युनएफपिए, रेस्टलेस डेभलोप्मेन्ट, वाक नेपाल र पिसविन अछामको सहयोग तथा महिला तथा वालवालिका कार्यालय अछामको आयोजनामा भएको अन्तरक्र्रिया कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका कार्यक्रम संयोजक टेक बहादुर थापाले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो