२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी योजना मर्मत नहुँदा रोल्पालीलाई सास्ती

१९ आश्विन २०७३, बुधबार ०६:१९

असोज १९, रोल्पा । बर्षौसम्म मर्मतसम्भार नहुँदा  रोल्पाका अधिकांश खानेपानी योजना लथालिङ्ग भएका कारण रोल्पालीलाई सुरक्षित खानेपानीको समस्या देखिएको छ । 

कागजमा करिब ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भनिएपनि योजना निकै पुराना रहेका कारण जिल्लामा धेरै घरधुरी सुरक्षित खानेपानी उपयोगबाट वञ्चित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । 

जिल्लाका ४४ हजार पाँच घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुगेको कार्यालयमा तथ्याङ्क भएपनि योजना निकै पुरानो रहेका कारण सबै घरधुरीले सुरक्षित खानेपानी सुविधा प्रयोग गरिरहेकोमा आफू विश्वस्त नरहेको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सूचना अधिकारी डिल्लीराज न्यौपानेले बताउनुभयो । 

तथ्याङ्कमा रोल्पा जिल्लामा चार हजार तीन सय ८३ घरधुरीमा मात्र सुरक्षित खानेपानी सुविधा नपुगेको देखिन्छ न्यौपानेले अगाडि भन्नुभयो । जिल्लामा विसं २०२० सालमा बनेका योजना पनि हालसम्म मर्मतसम्भार हुन नसकेको न्यौपानेले बताउनुभयो । मर्मतका लागि निकै कम मात्र बजेट आउँछ, योजना निकै ठूला छन्, फलस्वरुप धेरै योजना लथालिङ्ग अवस्थामा छन्, न्यौपानेले गुनासो गर्नुभयो । 

सन् २०१७ भित्र सम्पूर्ण जनतालाई आधारभूत खानेपानी र सरसफाइको सुविधा पु¥याउने भनिए पनि सरकारबाट आउने बजेट अहिलेकै अवस्था जस्तै रहने हो भने रोल्पालीका लागि आधारभूत खानेपानी ‘आकाशको फल आँखातरी मर’ हुने नागरिक अगुवा पुष्पा श्रेष्ठले बताउनुभयो । 

जिल्लाको सदरमुकाममा रहेको एक मात्र नगरपालिकामा खानेपानी तथा सरसफाइको समस्या समाधान गर्ने भन्दै करिब रु ४५ करोडको लागतमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ योजना लागू गर्न लागिएको लिवाङ खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो ।

सम्पूर्ण योजनामा सुरक्षित खानेपानी योजना लागू गर्ने भनिएपनि रोल्पा जिल्लामा भने हालसम्म गजुल गाविसमा रहेको एक खानेपानी योजनामा मात्र सुरक्षित खानेपानी योजना लागू भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य