2026-06-21 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी योजना मर्मत नहुँदा रोल्पालीलाई सास्ती

असोज १९, रोल्पा । बर्षौसम्म मर्मतसम्भार नहुँदा  रोल्पाका अधिकांश खानेपानी योजना लथालिङ्ग भएका कारण रोल्पालीलाई सुरक्षित खानेपानीको समस्या देखिएको छ । 

कागजमा करिब ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भनिएपनि योजना निकै पुराना रहेका कारण जिल्लामा धेरै घरधुरी सुरक्षित खानेपानी उपयोगबाट वञ्चित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । 

जिल्लाका ४४ हजार पाँच घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुगेको कार्यालयमा तथ्याङ्क भएपनि योजना निकै पुरानो रहेका कारण सबै घरधुरीले सुरक्षित खानेपानी सुविधा प्रयोग गरिरहेकोमा आफू विश्वस्त नरहेको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सूचना अधिकारी डिल्लीराज न्यौपानेले बताउनुभयो । 

तथ्याङ्कमा रोल्पा जिल्लामा चार हजार तीन सय ८३ घरधुरीमा मात्र सुरक्षित खानेपानी सुविधा नपुगेको देखिन्छ न्यौपानेले अगाडि भन्नुभयो । जिल्लामा विसं २०२० सालमा बनेका योजना पनि हालसम्म मर्मतसम्भार हुन नसकेको न्यौपानेले बताउनुभयो । मर्मतका लागि निकै कम मात्र बजेट आउँछ, योजना निकै ठूला छन्, फलस्वरुप धेरै योजना लथालिङ्ग अवस्थामा छन्, न्यौपानेले गुनासो गर्नुभयो । 

सन् २०१७ भित्र सम्पूर्ण जनतालाई आधारभूत खानेपानी र सरसफाइको सुविधा पु¥याउने भनिए पनि सरकारबाट आउने बजेट अहिलेकै अवस्था जस्तै रहने हो भने रोल्पालीका लागि आधारभूत खानेपानी ‘आकाशको फल आँखातरी मर’ हुने नागरिक अगुवा पुष्पा श्रेष्ठले बताउनुभयो । 

जिल्लाको सदरमुकाममा रहेको एक मात्र नगरपालिकामा खानेपानी तथा सरसफाइको समस्या समाधान गर्ने भन्दै करिब रु ४५ करोडको लागतमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ योजना लागू गर्न लागिएको लिवाङ खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो ।

सम्पूर्ण योजनामा सुरक्षित खानेपानी योजना लागू गर्ने भनिएपनि रोल्पा जिल्लामा भने हालसम्म गजुल गाविसमा रहेको एक खानेपानी योजनामा मात्र सुरक्षित खानेपानी योजना लागू भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ