असोज २० पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले आवको पहिलो दुई महिनामै ३२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । आव. २०७३।०७४ को साउन र भाद्र महिनमा मात्रै ३२ लाख ३० हजार राजश्व संकलन गरेको बताएको छ । कार्यालयको बार्षिक बजेट अन्तरगत चालुतर्फ १ करोड, २ लाख ३८ हजार रहेको छ भने पुर्जीगत तर्फ ५८ लाख ८० हजार रहेको बताएको छ । त्यस्तै वित्तीय खर्च अन्तरगत चालु तर्फ २९ लाख ६४ हजार ६० र पूर्जीगत तर्फ ४१ लाख ३९ हजार ५ सय ५५ रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लामा विपदबाट प्रभावित भएकाहरुलाई झण्डै ३० लाख ३ हजार वितरण गरेको जनाएको छ । बाढी पहिलो तथा चट्याङबाट जिल्लामा २ को मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । जसबाट १४ घरमा पूर्ण क्षति र २२ घरमा आंशिक क्षति भएको बताइएको छ।