2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न

असोज २०, पोखरा । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ । 

असोज ९ देखि सुरु भएको खेलाडी छनोट बुधबार सम्पन्न भएको हो । छनोट अन्र्तगत तेक्वान्दो कराँते, ह्याण्डबल, फुटबल लगायत खेलका खेलाडी छनोट सम्पन्न भएका छन् । सातौका लागी तेक्वान्दोबाट पुरुष तर्फ ५४ केजीमुनि सुरज माझी, ५८ केजीमा मनिष यादव, ६३ केजीमा दर्शन श्रेष्ठ, ६८ केजीमा समिर गुरुङ, ८७ केजीमा शंकर कार्की, रहेका छन् । 

महिला तर्फ ४६ केजीमा कविता मगर, ४९ केजीमा स्नेहा परियार, ५३ केजीमा मनिष परियार, ५७ केजीमा नयना राना मगर, र ६९ केजीमुनि रेखमाया गुरुङ छनोट भएका छन् । त्यस्तै सितेरियो कराँते पुरुष तर्फ ५५ केजीमा कृष्ण केसी, ५० केजीमा सुजन नेपाली, ६० केजीमा प्रकाश खड्का, ६७ केसीमा दिपक पुन, ७५ केजीमा अमृत अधिकारी, ८४ केजीमा जिवन मल्ल रहेका छन् भने महिला तर्फ ४५ केजी मोनु तामाङ, ५० केजीमा विमला नेपाली, ५५ केजीमा अञ्जु श्रेष्ठ, ६१ केजीमा अनिता थापा, ६८ केजीमा प्रकृति रोक्का रहेका छन् ।

पुरुष एकल काता पुरुष तर्फ विष्णु नेपाली, टिमकातामा विष्णु नेपाली, प्रभावत पुन सुजन पुन र महिला एकल कातामा विमला नेपाली, टिम कातामा विमला नेपाली, मोनु तामाङ । अनिता मागर छनोट भएका छन् । 

त्यस्तै महिला ह्याण्डबल तर्फ एलीसा लामिछाने, सुस्मीता गुरुङ, टिका पुन, क्र्रिश्मा पुन, भगवती पुन, आकृति गुरुङ, शिला रेग्मी, श्रीया गौचन, दिप्ती गुरुङ, ममता लामा, अमिशा गुरुङ, सम्झना छन्त्याल छनोट भएका छन् । 

त्यस्तै पुरुष ह्याण्डबल तर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल थापा, विमल अधिकारी, भासु गुरुङ, प्रेम गुरुङ, प्रेम गुरुङ, चन्द्र के.सी, सन्दिप खड्का,देवी गुरुङ, तारा केसी र सुरज देवकोटा रहेका छन् ।

सातौ खेलकुदका लागी पुरुष फुटबलका लागी अनिल गुरुङ, हेमन्त गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ, विष्णु गुरुङ, रवि थापा, शिव सुवेदी, विमल बस्नेत, विमल राना, तेन्जिङ नाम्गेल, सिद्धार्थ रन्जित, आशिष केसी, गौरव गुरुङ, विरेन्द्र गुरुङ, सुशान गुरुङ, सुनिल गुरुङ र रञ्जन श्रेष्ठ छनोट भएका छन् । त्यस्तै बक्सिङ खेलबाट विष्णु गौतम, किरण तामाङ, दिनेश बानियाँ, सविन गुरुङ, अमृत गुरुङ, पवन गुरुङ, मदुसुधन श्रेष्ठ, चिन्तन नेपाली र ओमप्रकाश गुरुङ छनोट भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई