२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

पेनकिलरको काम गर्ने यी हुन् ५ प्राकृतिक खानेकुरा

१७ कार्तिक २०८०, शुक्रबार ०९:१६

काठमाडौं | टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।  

यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।


त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

- जौ

म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिँदछ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

- अङ्गुर

ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँदछ।

- चेरी

यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

- लसून

शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

- अदुवा

आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा