2026-09-18 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

पेनकिलरको काम गर्ने यी हुन् ५ प्राकृतिक खानेकुरा

काठमाडौं | टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।  

यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।

त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

– जौ

म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिँदछ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

– अङ्गुर

ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँदछ।

– चेरी

यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

– लसून

शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

– अदुवा

आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया