असोज २१, धनगढी | दशैंको अवसरमा स्थानीय खेलकुद रङ्गशाला परिसरमा रामलिला महोत्सवको आयोजना गरिएको छ ।
दुर्गा पूजासेवा समितिको पहलमा आयोजित महोत्सवमा भारतको बिहारबाट आएका कलाकारले हरेक दिन साँझ भगवान रामको लिला सम्बन्धी घटना प्रस्तुत गरिरहेका छन् । महोत्सवमा रामको अवतारदेखि लिएर राक्षस रुपी रावणको बध गरिएको घटना प्रस्तुत गरिन लागिएको आयोजक समितिका रामशङ्कर पाठकले बताउनुभयो ।
बिजया दशमीको दिन ५१ फिट अग्लो रावणको पुत्ला बनाई दहन गरेर महोत्सवको बिसर्जन गर्ने योजना रहेको छ ।
महोत्सव स्थलमा नव दुर्गा भगवतीको पूजाका लागि बनाइएको विषेश आकर्षक पण्डालभित्र दुर्गा भवानी, शङ्कर, लक्ष्मी, गणेश, सरस्वतीका आकर्षक मूर्ति निर्माण गरिएका बताइएको छ । रासस