महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको"/>
2026-06-21 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै

2016-10-08

महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।
    मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको छैन । सदरमुकाम क्षेत्रमा स्वास्थ्य        परीक्षण नगरी बध गरेका खसी बोका, राँगा तथा अन्य जनावरको मासु विक्री भइरहेको छ ।
    जिल्लामा क्वारेण्ट टाइम चेकपोष्टको व्यवस्था नभएका      कारण अझैसम्म जिल्लामा कुनैपनि व्यापारीले विभिन्न जनावरको बध गर्नुभन्दा पूर्व जनावकारको स्वास्थ्य परिक्षण नगरी बध गर्ने गरेको जिल्ला  पशु कार्यालय पर्वतका विष्णु पाण्डे बताउँछन् । क्वारेण्ट पोष्टका व्यवस्था नभएसम्म स्वास्थकर मासुको उपभोग गर्नको लागि तथा जिल्लाबाट कति खसिबोका, भेडाच्याङ्ग्रा, राँगा, बंगुरको आयात निर्यात भयो भन्ने एकिन तथ्याङ नहुने पाण्डेको भनाई छ ।
    स्वस्थ मासु हो भनी उपभोक्ताले मासु उपभोग गर्नको लागि अझै २० बर्ष लाग्ने पाण्डेको भनाई छ । जिल्लामा आयात भएको मासुजन्य बस्तुको स्वास्थ्य परीक्षण गरी बध हुने परिपाटी हुन नसकेको उनको स्वीकारोक्ती छ ।
     दशैको समयमा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्रि भईरहेका छन् । सदरमुकाममा रहेको बध सालामा समेत स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि हुने गरेको छ । कुश्मा नगरपालीका र जिल्ला पशु सेवा कार्यालय पर्वतले स्वास्थ्य परिक्षणका लागि कुनै पहल नगरेको मासु बिक्रेताहरुले बताएका      छन् ।
 जिल्ला बाहिर जाने खसी बोका र राँगा सहित कुखुराको स्वास्थ्य परिक्षण गरिने गरेको भए पनि डडेल्धुरा भित्रमा भने हाल सम्म स्वास्थ्य परिक्षण नगरेको जिल्ला पशु सेवा कार्यालय पर्वतले जनाएको छ । चाडपर्वको बेलामा व्यापारीले मरेका तथा सडेगलेको मासु समेत विक्रि वितरण गर्ने सक्ने भन्दै आम उपभोक्ताले सरोकारवाला निकायलाई बजारको व्यवस्थापन तथा निगरानी गर्नको लागि माग गरेका छन् ।
    दशैको समयमा मासुको अत्याधिक माग हुने भएकाले रोगीे पशु पक्षीको मासु बिक्रि हुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्रि बितरण गर्ने व्यवस्था मिलाउनको लागि आम उपभोक्ताको माग छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ