असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुभलक्ष्मी सहकारीको अक्ष्यक्षमा श्रेष्ठ चयन

२२ आश्विन २०७३, शनिबार ०३:३३

असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।
    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको संचालक समितिको उपाध्यक्षमा बसन्तकुमार जोशी, सचिवमा कमलनाथ शर्मा, कोषाध्यक्ष बशन्तकुमार कर्माचार्य रहेका  छन् । त्यस्तै सदस्हरुमा ईश्वर  गिरी, हिमबहादुर पौडेल, युवराज जोशी, निर्मल विश्वकर्मा, केदरनाथ शर्मा, शिवप्रसाद सुवेदी, राजेश कुमार श्रेष्ठ चयन भएका छन्  ।
    सोही भेलाले  कमलनाथ पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसमा शिव शर्मा पौडेल र मुक्तिराम शर्मा रहेका छन् । त्यस्तै ऋण उपसमितिको संयोजक बाबुराम जोशी रहेका छन् भने सदस्यहरुमा रामचन्द्र्र जोशी र दिपुवाबु गिरी रहेका छन् । शिक्षा उपसमितिको संयोजकमा लेखनाथ उपाध्याय चयन भएका छन् भने सदस्यहरुमा शान्तिनारायण श्रेष्ठ र बाबुराम पौडेलल रहेका छन् ।
     सांसद अर्जुनप्रसाद जोशीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै जोशीले     सहकारी बचत तथा ऋणमा मात्रै लगानी नगरे उत्पादनमुखी तथा पर्यटन क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।
    उनले सहकारीलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा समेत सहकारी संचालकहरुले ध्यान दिनुपर्ने सुझाए । कार्यक्रममा बरिष्ठ सल्लाहकार काशीकुमार जोशी, कानूनी सल्लाहकार भोलानाथ शर्मा, संचालक समिति सदस्य इश्वर गिरी तथा लेखनाथ उपाध्याय, संस्थापक शेयर सदस्य शिव शर्मा पौडेल, कार्यक्रम संयोजक शिवप्रसाद सुवेदी र व्यवस्थापक विजय पौडेलले आफ्नो विचार व्यक्त गरेका थिए ।
    विषमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रमको संचालन सचिव कमलनाथ शर्माले गरेका थिए । उक्त कार्यक्रममा धन्यबाद मन्तव्य बशन्तकुमार जोशीले गरेका थिए । भने कोषाध्यक्षको प्रतिबेदन बशन्तकुमार कर्माचार्य र सचिवको प्रतिबेदन कमलनाथ शर्मा र लेखा समिति प्रतिबेदन कमलनाथ पोख्रेलले प्रस्तुत गरेका थिए भने सर्वसहमत रुपमा उक्त प्रतिबेदनहरु  साधारणसभाबाट पारित भएका    थिए ।
    वि.स २०६४ सालमा स्थापनाद भई पाँच लाखबाट कारोबार शुरु गरेको सहकारीले अहिले एक करोडको आपपासमा लगानी गरेको छ भने शेयर पुर्जी १ करोड पाँच लाख रहेको सहकारीले जनाएको छ । सहकारीका ९६ शेयर सदस्य ९ सय १२ बचतकर्ता रहेका छन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विभिन्न समाजिक कार्यहरुमा समेत सक्रिय रुपमा लागेको छ । जसअनुसार गत बर्ष गुप्तेश्वर वेदबेदाङ्ग पाठाशालामा अध्यनरत बटुकहरुलाई  शुद्धपानी पिलाउन १५ हजार बराबरको   युरोगार्ड हस्तारण गरेको थियो भने सुरक्षित घर निर्माणको लागि २० हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली