दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । 
2026-10-31 07:40 PM
काठमाडौँ - KTM

देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

दलसिंह गिरी | असोज २९, कालिकोट | यहि आउने कार्तिक २ र ३ गते देशभरका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । 

यसै राष्ट्रिय अभियान अनुसार कालिकोटमा पनि भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत संचालित अभियानमा ६ महिना देखि ५ बर्ष सम्मका कालिकोटका १५ हजार ६ सय २९ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्याक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाका ३० वटै गाविसमा रहेका बालबालिबालाई भिटामिन ए र जुकाको औषधि खुवाउन जिल्लाभर २ सय ९४ महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाईएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रम फोकल पर्शन कटक महले जानकारी दिनु भएको छ । भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो, कुपोषण, दीर्घकालिन झाडापखाला, दादुरा लगायतका रोग लाग्ने फोकल पर्शन महतले बताउनु भएको छ । भिटामिन ए को कमीका कारण लाग्ने रोगको रोकथामका लागि नेपाल सरकारले २०५० सालदेखि नियमित रुपमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको र यो अभियान अनुसार नियमित बैशाख ६, र ७ गते साथै कार्तिकको २ र ३ गते गरी बर्षको २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय