२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण

२०७३, २९ आश्विन शनिबार १४:११

असोज २९, पोखरा | कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाभर छिटफुट घटना बाहेक अन्य कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ ।

दशैको फुलपातीको दिन कास्कीको ढिकुरपोखरी १ मा भिनाजु नाता पर्ने २४ बर्षीय ईश्वर विकले १० बर्षकी साली कञ्चन विकको बलात्कार पछि हत्या गरे । घटनामा संलग्न अभियुक्त अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

त्यस्तै असोज १७ गते काठमाडौंबाट पोखरा हुदै बुर्तिवाङ जादै गरेको ग १ ख ६१६९ नम्बरको बस याम्दी पुल नजिक दुर्घटना हुदा दुई जनाको ज्यान गयो । २३ जना भन्दा बढी घाइते भए । असोज २१ गते पोखराको पुम्दीभुम्दीमा ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुदा १२ भन्दा बढी घाइते भए ।

त्यस वाहेक जिल्लाभर अन्य कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । चाडपर्वको बेला अघिल्ला बर्षको जस्तो चोरी, लुटपाट तथा अन्य सार्वजनिक अपराधको घटनामा कमी आएको कास्की प्रहरीले जनाएको छ ।

दशै, तिहार, छठ तथा ल्होसार लगायतका चाडपर्वलाई लक्षित गरी लागू गरिएको विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भर सुरक्षा ब्यवस्था कडा पारिएकाले पनि अपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षा योजना आगामी ठूला चाडपर्वसम्म जारी रहने र प्रहरी तैनाथी पनि बढाइएको जिल्ला प्रहरी कार्यालयल कास्कीले  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु