१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सरस्वती क्याम्पसमा खेलकुद सप्ताह शुरु

४ पुष २०८०, बुधबार ०४:४९

पुष ४, काठमाडौं | सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह शुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु_ को आयोजनामा पुष ३ गतेदेखि खेलकुद सप्ताह शुरु भएको हो । पुष ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागी भएको स्ववियु सचिव राजेशबाबु बगालेले बताउनुभयो ।


सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसले आफ्नो वार्षिकोत्सव यही पुष १० गते भव्यपूर्वक मनाउने तयारी भैरहेको क्याम्पस प्रमुख डा= गोलमान गुरुङले बताउनुभयो । राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचीको रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गर्नुभएको थियो । विसं २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो । 

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, भुगोल, बीसीए, बीएस्डब्लू समेतका विषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्यापन हुने गरेको क्याम्पस प्रमुख गुरुङले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमका लागि शिक्षा मन्त्री, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार, पूर्व पदाधिकारीहरु, प्राज्ञिक र शैक्षिक विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको विद्यार्थी कल्याण प्रमुख बाबुराम चापागाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार